गोली प्रहारबाट महिला प्रहरीको मृत्यु

दाङ । ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या भएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उहाँकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना बिहिबार साँझ करिब साढे ७ बजे […]

आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाए

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरेको हो । त्यस्तै विद्यायलले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित […]

शिक्षा मन्त्रालयको अन्तरक्रिया तथा राय सुझाव लिने कार्यक्रम सम्पन्न

विराटनगर । शिक्षा क्षेत्रमा बजेट तथा कार्यक्रम लगायतका विषयमा अन्तरक्रिया तथा राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । मंगलवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजनामा शिक्षा विकास तथा समन्वय इकाइ मोरङको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । शिक्षा क्षेत्रमा बेरुजुको अवस्था डरलाग्दो देखिएको भन्दै त्यसलाई घटाउने तर्फ विशेष ध्यान दिन शिक्षा मन्त्रालयका उपसचिव […]

चुकुन्दरले शरीरमा रगत बढाउँछ ?

शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर खान सुझाइन्छ । के साँच्चै चुकन्दरले शरीरमा रगत बढाउँछ त ? चुकन्दरको दैनिक सेवनले शरीरमा रगत बढाउँछ किनभने यसमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिका निर्माण गर्न […]

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

विराटनगर । विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजा बुधबार विविध कार्यक्रमसाथ मनाउदै छ । यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । वसन्तपञ्चमीकै दिनदेखि शिक्षण […]

एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोबासका लागि बिदेसिए

काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको […]

मोरङ कारागारलाई डबल डेकर वेड हस्तान्तरण

विराटनगर । मोरङ कारागारमा क्षमता भन्दा तीनगुण बढी कैदीबन्दी रहेका छन् । मोरङ कारागारमा एक हजार ३८ जना कैदीबन्दी छन् । उनीहरुलाई सुत्न, खान, बस्न समस्या छ । कैदीबन्दीलाई सुत्न सहज होस् भनेर सिद्धार्थ बैंकले उपलब्ध गराएको डबल डेकर वेड कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले कारागारलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै कार्कीले कारागारलाई […]

चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने शान्तिवनमा

विराटनगर । एभरेष्ट साईन्स सेन्टरले “शान्तिवन देखि चन्द्रमा सम्म – २” मा चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने दावी गरेको छ । आजको युग विज्ञान तथा प्रविधिको युग भएकोले कुनै पनि देशको विकास गर्नका लागि विज्ञान तथा प्रविधिको विकास हुनु प्रमुख शर्त हो । त्यसैले नेपालमा पनि विज्ञान तथा प्रविधिको […]

सुकुम्वासीको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र […]

१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुवात गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अ‍ौपचारिक रूपमा बालबालिकाको निःशुल्क […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!