विराटनगर । लाईफ लङ्ग पोलिक्लिनिकले बिरामीहरुको मन जित्दै दोस्रो बर्षमा प्रवेश गरेको छ । मोरङ्गको विराटनगर ११ स्थित केशलिया रोडमा रहेको लाईफ लङ्ग पोलिक्लिनिकले आज दोस्रो वार्षिकत्सवको कार्यक्रम आयोजना गरी वार्षिकत्सव मनाएको हो । सो उत्सवको अवसरमा लाईफ लङ्ग पोलिक्लिनिकले आज देखि असार १५ गते शनिवार सम्मको लागि वरिष्ट विशेषज्ञ डाक्टरहरु द्धारा निशुल्क ओपोडि सेवा […]
विराटनगर । विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय यादव हत्या आरोपीको छिमेकमा पाहुना […]
काठमाडौँ । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया […]
बारा । बारामा गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार साँझ कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो। करिब साढे ५ बजे कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेको थियो। घर जाँदै […]
विराटनगर । बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दो छ। घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएका छन्। सानो क्षेत्रफलमा ओलको खेती गर्ने किसानलाई यसको माग धान्न हम्मे–हम्मे पर्छ। तर, बाहिर बजारमा बेचेर आम्दानी गर्ने उद्देश्यका साथ ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या भने न्यून छ। ठूलो […]
बझाङ । बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका–७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीलाई जिल्ला अस्पताल बझाङले मृत घोषणा गरेको हो । सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेका […]
विराटनगर। सुनसरीमा केही दिनयता दैनिक जसो चलेको हावाहुरीले केरा र मकै खेतीमा ठुलो क्षति पुगेको छ। जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा मंगबारदेखि बिहीबार दिउँसोसम्म सात पटक आएको ठुलो हावाहुरीले केरा र मकै खेतीमा ठुलो नोक्सान गरेको हो। इनरुवा, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको छ। आउँदो […]
विराटनगर । मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै आज बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने रेडियो नागरिककी फूलडाली कार्यक्रम संचालिका कविता झाले बताउनुभयो। वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वरको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको […]
विराटनगर । सुनसरीको बर्जु–२ भिमनगर स्थित रामसीता माध्यमिक विद्यालयको कम्प्युटर ल्यावमा आगलागि भएको छ । सोमबार रातीको समयमा विद्युत सट भएर आगलागि भएको हो । विद्युत सर्ट भएर आगलागि हुँदा ल्यावमा भएका सम्पूर्ण सामानहरू नष्ट भएको प्रधानाध्यापक सूर्यनारायण मेहताले बताउनुभयो । ल्याबको सबै कम्प्यूटर जलेर नस्ट हुदा प्राविधिकका विद्यार्थीहरूको पढाइमा समस्या हुने भएको छ । […]
भक्तपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ । सामुदायिक विकास तथा सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २० औँ स्थापना दिवसको एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले […]