पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

Radio Nagarik 100.4 MHz बुधबार, पौष २४, २०८१

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको छ । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार अस्पतालले निःशुल्क ओपिडी सेवा (पत्रकारका परिवारलाईसमेत), निःशुल्क आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स सेवा ( विराटनगरभित्रका पत्रकारलागि), निःशुल्क प्याथोलोजी सेवा (यससम्बन्धी सबै जाँचहरू), निःशुल्क एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इको, इन्डोस्कोपी, क्लोनोस्कोपी सेवा, बेड चार्ज निःशुल्क, निःशुल्क फिजियोथेरापी सेवा हरु उपलब्ध गराउने छ । ५० प्रतिशतछुट अन्र्तगत एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याव (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेशमेकर), सबै प्रकारका शल्यक्रियाहरू, आइसियू, सिसियू, भेन्टिलेटर, बोनम्यारो डेनसिटी, इइजी, एनसिभी, एनसिएस, टिएमटी, एबिपिएस, होल्टर, कार्डियोग्राफी, बेड चार्ज ,फिजियोथेरापी सेवा अस्पताले उपलब्ध गराउने अस्पतालका कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकारका आश्रित परिवारलाई ४० तथा ३० प्रतिशत छुटमा विभिन्न स्वास्थ्य सेवाहरु दिनेगरि सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ मोरङका साधारण सदस्यहरू र महासंघको सिफारिसमा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई न्यूरो हस्पिटलले उपचार सेवा प्रदान गर्ने छ । नेपाल पत्रकार महासंघ मोरङले विगत ६ वर्षदेखि न्युरो अस्पतालसँग स्वास्थ्य उपचारका लागि सम्झौता गर्दै आएको छ । पछिल्लो ३ वर्षमा न्युरो अस्पतालबाट मोरङका २ सय पत्रकार र परिवारका सदस्यले उपचार सेवा लिएका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!