२०७७ सालको एसईई नतिजा प्रकाशित

Radio Nagarik 100.4 MHz शनिबार, साउन २३, २०७८

कठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो । अघिल्ला बर्षको जस्तो यस बर्ष कति विद्यार्थीले कुन जीपीए ल्याए भन्ने बारे राष्ट्रिय परीक्षा बोर्डले छुट्याएको छैन । अघिल्लो बर्षको जस्तो राष्ट्रिय परीक्षा बोर्डले जीपीए छुट्याएर परीक्षाफल प्रकाशित नगरेको भए पनि अहिले बिद्यार्थीहरुको परीक्षाफल आन्तरीक मुल्यांकलबाट प्रकाशित गरेको हो । यो वर्ष ” चार लाख ८४ हजार २ सय ७८ बिद्यार्थीको नतिजा आज प्रमाणीकरण गरेको बताइएको छ ।

एसईईको नतिजा हेनूका लागि www.see.gov.np, www.neb.gov.np साइटलगायतबाट पनि हेर्न सकिनेछ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!