शिक्षा मन्त्रालयको अन्तरक्रिया तथा राय सुझाव लिने कार्यक्रम सम्पन्न

Radio Nagarik 100.4 MHz बुधबार, फाल्गुण ०२, २०८०

विराटनगर । शिक्षा क्षेत्रमा बजेट तथा कार्यक्रम लगायतका विषयमा अन्तरक्रिया तथा राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । मंगलवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजनामा शिक्षा विकास तथा समन्वय इकाइ मोरङको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । शिक्षा क्षेत्रमा बेरुजुको अवस्था डरलाग्दो देखिएको भन्दै त्यसलाई घटाउने तर्फ विशेष ध्यान दिन शिक्षा मन्त्रालयका उपसचिव प्रकाश सापकोटाले बताएको छ। विराटनगरमा शिक्षा क्षेत्रमा बजेट कार्यान्वयन सुझाव छलफल तथा बेरुजु सम्बन्धी एकदिने कार्यशाला गोष्ठीमा उहाँले त्यस्तो बताउनुभयो ।

कार्यशालामा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमले बेरुजु भएका विद्यालयहरूका प्रधानाध्यापक शिक्षकको सरुवा रोक्का गर्ने, अवकाशको पेन्सनपट्टा रोक्का गर्ने चेतावनी पनि दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि प्रकाश सापकोटाले शिक्षकहरूलाई मासिकरुपमा तलब निकासा गर्न पालिकाका शिक्षा अधिकृतहरूलाई निर्देशन दिनुभयो। उहाँले श्रम शोषण गर्न नपाइने भन्दै शिक्षकको तलबलाई ताल्चा लगाएर राख्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका उपसचिव फडिन्द्र खत्री, राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख उपसचिव जीवन गड्तौला शिक्षा मन्त्रालयका शाखा अधिकृत शिवराम पोखरेल, शिक्षा अधिकृतद्वय शिवप्रसाद घिमिरे, प्रकाश गुरुडलगायतको सहभागिता थियो ।
कार्यक्रममा गोष्ठीमा मोरडका १७ वटै पालिका अन्तर्गतका शिक्षा शाखा प्रमुखहरु सहभागी कार्यक्रममा थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!