रेडियो नागरिकका संचालक मेहता सम्मानित

डुमरलाल मेहता आइतबार, पौष २९, २०८०

विराटनगर । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिलिटेडले रेडियो नागरिकका सचांलक अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ ।
संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्रकार नरेन्द्र दाहाल पनि सम्मानित भएको छ। डिग्री  क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले दुवै समानितलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

संचार सहकारीले प्रत्येक बर्ष साधारण सभामा १ जना उतकृष्ठ ऋणी र वचतकर्तालाई सम्मान गर्दै आएको छ । संचार सहकारीबाट उतकृष्ठ ऋणीका रुपमा सम्मानित भएकोमा मेहताले खुशी प्रकट गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख ढकबहादुर मगर , पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना , संचार सहकारीका पूर्व अध्यक्ष मोहन भण्डारी , अध्यक्ष दीपक दाहाल र उपाध्यक्ष महाप्रसाद खतिवडा र लेखा समितिका संयोजक अविनाश नीधिले कार्यक्रमको उपदेयताका बारेमा प्रकाश पार्नु भएकोे थियो ।
१ सय १४ जना शेयर सदस्य रहेको यो सहकारीले आर्थिक बर्ष ०७९÷८० मा ६ लाख १८ हजार ३ सय ३५ खुद मुनाफा गरेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!