विराटनगर । ठुलो परिणामको मात्रामा सूर्ति सहित एक जना पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका ५ वाट प्रहरीले ६सय ९० किलोग्राम सूर्ति सहित ३३ वर्षीय उसमान शेख मियाँलाई बुधबार बिहान पक्राउ गरेको हो ।
भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिणामको सूर्तिसहित मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले बोरामा प्याक गरेर ल्याइएको अवस्थामा अवैध सूर्ति बरामद भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेका मियाँ सूर्ति तस्करीमा संलग्न रहेको खुलेको छ।
भन्सार छली गरेर नेपालतर्फ सूर्ति भित्राउने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ।