सात राजनीतिक दलले गरे ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय

१८ साउन, काठमाडौं । सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि उनीहरू अग्रगामी मोर्चा घोषणाको तयारीमा जुटेका हुन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार, २३ साउनमा साना सात दलले मोर्चा घोषणा गर्ने जानकारी दिएका छन् । उनका अनुसार नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंकेटमा मोर्चा घोषणा हुने […]

गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति

संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ । पुन: केही बुँदा थपेर १८ बुँदा पुर्‍याइएको बताइएको छ । मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ । यद्यपि शनिबार राति भएको वार्ताको १३ बुँदालाई स्पष्ट पार्ने काम वार्ताबाट […]

हिक्मतलाई मुख्यमन्त्रीबाट हटाउन शेरधन सक्रिय, सुनाए ओलीको सन्देश

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने सहमतिबाट अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने सहमति गरेका थिए । तर उक्त सहमतिबाट पछि हटेर कार्कीलाई हटाउन ओली आफै सक्रिय भएका छन् । स्रोतका अनुसार ओलीले कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राईलाई […]

बालेनले भने- हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा नभएको बताएका छन्। आज (शुक्रबार) मधेशवादी दलका नेताहरू छलफल गर्दै उनले हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको बताएका हुन्। ‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराई/मधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनको भनाइ […]

मधेशी नेतासँग प्रधानमन्त्रीले भने- मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोला

१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् ।           NEWS SUMMARY प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रूपमा नबुझ्न मधेशकेन्द्रित दलका नेताहरूसँग आग्रह गरेका छन् । प्रधानमन्त्री […]

कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । चार सय नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित गाडीमा कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको सुनसरीका […]

मुख्यमन्त्री बन्ने निश्चित नहुँदै बधाईको ओइरो

चन्द्र पन्दाक ताप्लेजुङ,१० साउन : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनेको भन्दै बधाईको ओइरो लागेको छ। मुख्यमन्त्रीमा नियुक्तिको औपचारिक टुङ्गो नलाग्दै मेन्याङ्बोलाई शनिबार दिउँसोदेखि बधाई दिनेको लर्को लागेको हो। कोशी प्रदेशको १० औँ मुख्यमन्त्री नियुक्त हुनुभएको दाबी गर्दै पार्टी कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत सफल […]

विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा

विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा विराटनगर। हालै खगेन्द्र सुनार विवादित बनेपछि श्रम मन्त्रालयको सम्भावित नेतृत्वका लागि विराटनगरका युवा सामाजिक अभियन्ता विनोद चाहारको नाम तीव्र रूपमा चर्चामा आएको छ। सामाजिक सद्भाव, मानवीय सहयोग र सकारात्मक परिवर्तनका लागि परिचित चाहार अहिले सबैको ध्यानको केन्द्रमा छन्। कोभिड–१९ महामारीको कठिन समयमा “कोही पनि भोको […]

हाम्रो फाउन्डेसनद्वारा पथरी शनिश्चरे–१ वडा कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण,

हाम्रो फाउन्डेसनद्वारा पथरी शनिश्चरे–१ वडा कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण, असोज २६ गते मोरङको पथरी शनिश्चरे–१ स्थित वडा कार्यालयलाई सञ्चालनमा सहजता ल्याउनका लागि हाम्रो फाउन्डेशन, पथरी शनिश्चरेले आवश्यक फर्निचर तथा सामग्री हस्तान्तरण गरेको छ। शनिबार एक संक्षिप्त कार्यक्रमबीच नेपालकी प्रथम शंकराचार्य हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित रहँदै शंकराचार्य गिरीले हालैको “जिन्जी” […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342