प्रधानमन्त्री शाहलाई मधेशी भेषभूषामा यूएन सम्बोधन गर्न सीके राउतको सुझाव

Radio Nagarik 100.4 MHz मंगलबार, आश्विन ०६, २०८३

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघ (यूएन) मा सम्बोधन गर्दा नेपालको मधेशी भेषभूषा धाेती, सुरुवाल–कुर्ता तथा गम्छा/पकडी लगाउन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत राउतले प्रधानमन्त्रीसँग आफूहरूको अपेक्षा यूएनलाई मधेशी भेषभूषामा सम्बोधन गर्नु रहेको बताएका हुन्।

उनले यस्तो पोसाकमार्फत नेपाल ‘एकल जातीय राष्ट्रवाद’ मात्र नभई बहुसांस्कृतिक मुलुक भएको सन्देश विश्वमा दिन सकिने बताएका छन्। साथै, तराई–मधेशका जनताको मतको कदर हुने उनको भनाइ छ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफूले ‘एकल जातीय र नश्लीय सोचले ओतप्रोत सेनाले घेरिएका’ र ‘डिनायल’को चरणमा रहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीले आफूले अपेक्षा गरेअनुसारको साहस देखाउन सक्नेमा आशंका व्यक्त गर्दै पनि शुभयात्रा तथा शुभकामना दिएका छन्।

‘प्रधानमन्त्रीज्यूसँग हाम्रो अपेक्षा भनेको नेपालको मधेशी भेषभूषा (धोती/सुरुवाल, कुर्ता, गम्छा/पकडी) लगाएर यूएनलाई सम्बोधन गर्नु हो, ताकि नेपाल भनेको देश बेचुवा टोपी राष्ट्रवाद र एकल जातीय नश्लवाद मात्रै होइन, बहुसांस्कृतिक मुलुक हो भन्ने सन्देश विश्वमा जाओस्। साथै, तपाईंलाई एकछत्र मत दिने तराई–मधेशका जनताको मतको कदर पनि होस्,’ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘एकल जातीय र नश्लीय सोचले ओतप्रोत सेनाले घेरिएका र ‘डिनायल’को चरणमा रहनुभएका तपाईंले त्यति हिम्मत देखाउन सक्नुहुन्छ जस्तो लाग्दैन। तैपनि, शुभयात्रा तथा शुभकामना।’

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342