‘ प्रेस स्वतन्त्रतामाथि सरकारले प्रहार गर्यो ’

Radio Nagarik 100.4 MHz शनिबार, आश्विन ०३, २०८३

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्र, लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरिरहेको बताएका छन्।

पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिसँगको भेटमा दाहालले सरकारले परिवर्तनका उपलब्धि, लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र ट्रेड युनियन अधिकारमाथि  प्रहार गरिरहेको बताएका हुन्।

दाहालले लोककल्याणकारी विज्ञापनको रकम बढाउने निर्णय आफू प्रधानमन्त्री भएका बेला नै गरिएको भन्दै सञ्चारमाध्यमलाई सुरक्षित र सहज वातावरण बनाउन लोककल्याणकारी विज्ञापन बढाउनुपर्ने आफ्नो धारणा रहेको उनले बताए।

तर, नयाँ सरकारले लोककल्याणकारी विज्ञापनको रकम घटाउने निर्णय गरेको भन्दै दाहालले यसबाट साना तथा छापा माध्यमका पत्रपत्रिकाहरू बन्द हुने अवस्था सिर्जना हुन सक्ने बताए।

‘लोककल्याणकारी विज्ञापनलाई डबल गर्नुपर्छ भन्ने कुरा मैले प्रधानमन्त्री भएको बेलामै गरेको हो। सबैलाई अलिकति सुरक्षित बनाउन र सहज वातावरण बनाउन यो गर्नुपर्छ भनेका थियौँ,’ दाहालले भने।

दाहालले वर्तमान सरकार सामाजिक सञ्जालबाट आएको भन्दै सामाजिक सञ्जालमा एकाधिकार कायम गर्ने र छापा माध्यमलाई अन्त्य गर्ने मनसायबाट विज्ञापनसम्बन्धी निर्णय गरिएको हुन सक्ने बताए।

‘नयाँ सरकार आएपछि त्यसलाई घटाउने भनेर एकैचोटि गरेपछि नचलून् भन्ने मनसाय देखिन्छ। साना र छापा माध्यमका पत्रपत्रिका बन्द होऊन् भन्ने देखिन्छ,’ उनले भने।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342