नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया शनिबारदेखि वडा तहबाट सुरु हुँदै छ। महाधिवेशनलाई लिएर पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला गाउँ र वडास्तरका कार्यकर्ता अधिवेशनमा सक्रिय रूपमा जुटेका छन्। देशभरिका वडामा शनिबार र आइतबार अधिवेशनसहित नेतृत्व चयन हुँदैछ।
केन्द्रमा नेताहरूले समानान्तर कार्यतालिका अघि सार्दै एकअर्काको महाधिवेशन बहिस्कार गर्न आह्वान गरिरहेका छन्।