पथरीमा फुटबलको रणमैदान तयार, राष्ट्रिय खेलाडीसहित भारतीय टोली भिड्दै

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा फुटबलको माहोल तात्ने भएको छ। राष्ट्रियस्तरका चर्चित खेलाडी, ए डिभिजन क्लब र भारतको टोलीको जमघटसँगै असोज १७ गतेदेखि पथरी रंगशालामा तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ सुरु हुँदैछ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा सलहेस फुटबल क्लब, न्युरोड फुटबल टिम, नेपाल पुलिस क्लब, भारत पश्चिम बंगालको युकेएफसी, झापा–११, रेड हर्ष इलाम, पथरी–११ र […]

मोरङ–६ को सभापतिमा चुमनारायण तवदारको उम्मेदवारी, ‘गुट होइन, सबैको साझा सभापति बन्छु’

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदारले आफू कुनै गुटको सभापति नभई सबैको साझा सभापति बन्ने प्रतिबद्धता जनाएका छन्। क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गर्दै तवदारले आफ्नो उम्मेदवारी पद वा प्रतिष्ठाका लागि मात्र नभई पार्टी संगठनलाई बलियो बनाउने, आन्तरिक एकता सुदृढ गर्ने र कांग्रेसलाई जनतासँग अझ नजिक […]

आगलागीमा १४ करोड ५६ लाखको क्षति

ताप्लेजुङ — दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट ८ घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने २ घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट घरधनी ८ परिवार र कोठा भाडामा बस्ने ७ गरी १५ परिवार विस्थापित भएका छन् । आगलागीबाट घरसहित किराना पसल, भाँडावर्तन, लत्ता […]

कोशीको पानी १७ घरमा पस्यो

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ ।‎ ‎गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार, घरमा पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन् ।‎ ‎उनका अनुसार वडा नं. ४ को टिकुलिया खंग […]

मोरङ–५ (ख) मा उद्धव कोइरालाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ५(ख) को प्रदेश सभापति पदमा कांग्रेसका पुराना तथा अनुभवी कार्यकर्ता उद्धव कोइरालाले उम्मेदवारी दिएका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा निरन्तर सक्रिय रहँदै आएका कोइरालाले आफ्नो राजनीतिक यात्रा संघर्ष, त्याग र संगठनप्रतिको प्रतिबद्धतामा आधारित रहेको बताउँदै कार्यकर्ताको विश्वाससहित चुनावी मैदानमा उत्रिएका हुन्। उपलब्ध विवरणअनुसार कोइराला २०४४ […]

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ। नाट्टाले ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो। नाट्टाका महासचिव राजकुमार देवकोटाले नेपालको पर्यटन क्षेत्र पूर्ण रुपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको […]

कान्छा प्रधानमन्त्रीमार्फत नेपालले राख्यो गम्भीर सरोकार

हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् । अन्तत: भयो पनि त्यस्तै । न्युयोर्कबाट ९ असोज, न्युयोर्क (अमेरिका) । ४२औँ स्ट्रिटस्थित इस्ट रिभरको किनारामा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर साँझ छिप्पिँदै जाँदा सिरेटो निकै चिसो हुँदै गएको थियो । […]

विभिन्न राजमार्ग बन्द : काठमाडौंमै रोकिए सवारी साधन

विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्। बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन्। देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस […]

बीपी राजमार्गको चौकीडाँडा र घुमाउनेको डाइभर्सन रोशी खोलाले बगायो

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको दुई स्थानमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको छ । काभ्रेका डीएस्पी रविन विष्टका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा र रोशी ७ को घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो । यसअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको थियो । त्यस्तै बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, […]

आन्ध्र प्रदेश र ओडिसाममा भारी वर्षा, हजारौँ विस्थापित

भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तर-पश्चिम दिशातर्फ अघि बढेको थियो। यसले सेप्टेम्बर २३ राति ११ बजेदेखि असोज ०८ गते (सेप्टेम्बर २४) राति १ बजेको बिचमा कलिंगपट्टनमको दक्षिण-पश्चिम तट पार गरेको छ। चक्रवातको प्रभावका कारण धेरैजसो क्षेत्रमा […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342