मोरङ–५ (ख) मा उद्धव कोइरालाको उम्मेदवारी

Radio Nagarik 100.4 MHz शनिबार, आश्विन १०, २०८३

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ५(ख) को प्रदेश सभापति पदमा कांग्रेसका पुराना तथा अनुभवी कार्यकर्ता उद्धव कोइरालाले उम्मेदवारी दिएका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा निरन्तर सक्रिय रहँदै आएका कोइरालाले आफ्नो राजनीतिक यात्रा संघर्ष, त्याग र संगठनप्रतिको प्रतिबद्धतामा आधारित रहेको बताउँदै कार्यकर्ताको विश्वाससहित चुनावी मैदानमा उत्रिएका हुन्। उपलब्ध विवरणअनुसार कोइराला २०४४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन्। २०४२ सालको सत्याग्रहका क्रममा प्रहरी यातनासमेत भोगेका उनले विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्। २०४६ सालको राजनीतिक परिवर्तनको आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका कोइरालाले त्यसयता पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्। प्रजातन्त्र, लोकतन्त्र र पार्टी संगठनका लागि संघर्ष गर्दै पटक–पटक प्रहरी हिरासत तथा दुःख–कष्ट भोगेको अनुभव बोकेका कोइरालाले अहिलेको उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा पनि कार्यकर्ताको सम्मान र संगठनलाई थप बलियो बनाउने अभियानका रूपमा अघि सारेका छन्। उनले पुराना कार्यकर्ताको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई पार्टी संगठनमा आकर्षित गर्ने, कार्यकर्ताका समस्या सुन्ने र नेतृत्व तथा कार्यकर्ताबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लामो राजनीतिक अनुभव, संघर्षशील पृष्ठभूमि र कार्यकर्तासँगको निरन्तर सम्पर्कलाई आधार बनाउँदै कोइराला मोरङ–५(ख) का कांग्रेस कार्यकर्ताको मन जितेर प्रदेश सभापतिमा विजयी हुने लक्ष्यसहित चुनावी अभियानमा सक्रिय छन्। उनका समर्थकहरूले पनि संगठनप्रतिको निरन्तरता र संघर्षको इतिहासलाई उनको उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342