आगलागीमा १४ करोड ५६ लाखको क्षति

Radio Nagarik 100.4 MHz शनिबार, आश्विन १०, २०८३

ताप्लेजुङ — दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट ८ घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने २ घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट घरधनी ८ परिवार र कोठा भाडामा बस्ने ७ गरी १५ परिवार विस्थापित भएका छन् ।

आगलागीबाट घरसहित किराना पसल, भाँडावर्तन, लत्ता कपडा पसलका सामान, अलैँची जलेको छन् । बिहीबार दिउँसो १ बजेदेखि दोभान बजारमा आगलागी भएको थियो । मेरिङदेन गाउँपालिका- ३ का याम लिम्बूको घर समेतको ८० लाख, घनश्याम खरेलको घर, पसल समेतको २ करोड, राजु शेर्पा भन्ने आङमिङमा शेर्पाको घर समेत ३५ लाख, राजुकोमा भाडामा बस्नेहरू अनुष्का आङबुहाङको ९ लाख, मोहन आङबुहाङको मासु पसलको २ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।

यस्तै, सुकवीर लिम्बूको घरसहित ३१ लाख ५० हजार, सुकवीरकोमा भाडामा बस्ने पवन लिम्बूको मासु पसलमा १ लाख ५० हजार, हरिप्रसाद तामाङको मासु पसलको १ लाख, कमला बर्देवाको कपडा पसलको ३ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

डन्डु शेर्पाको घर जल्दा २ करोड, भीम लिम्बूको २ घर जल्दा ९० लाख, भीमकोमा भाडामा बस्ने श्याम लिम्बूको होटलको २५ लाख, सुमन लिम्बूको होटलको २५ लाख, लाक्पा शेर्पाको होटलको ३० लाख, गहतराजको सुनचाँदी पसलको ५० लाख, योगेन शेर्पाको पसलको १० लाख, फुर्वा शेर्पाको १ लाख ५० हजार, सविन चुडालको किराना पसलको २० लाख, लक्ष्मी लिम्बूको १० लाख, घनश्याम खरेलको १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको उल्लेख छ ।

राजेन्द्र पौडेलको पक्की घर र घरमा रहेको किराना पसल गरी १ करोड ३० लाख, चन्द्र पौडेलको पक्की घर किराना पसलको ५ करोड क्षति भएको प्रहरी निरीक्षक यादवले बताए । आगलागीबाट धेरैको नगदसमेत जलेको व्यवसायीले बताएका छन् ।

विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय लाक्पाचुङ शेर्पा (डण्डु)को घरमा विद्युत् सर्ट भएको थियो ।

आगलागी सुरु भएको डन्डु शेर्पाको परिवारसँगै, भीम लङ्वा लिम्बू, चन्द्रप्रसाद पौडेल, यामबहादुर आङ्बुहाङ, घनश्याम खरेल, राजु शेर्पा, सुकवीर लिम्बू र राजेन्द्रप्रसाद पौडेलको परिवार विस्थापित छन् । भाडामा बस्ने अनिसा आङबोहाङ, सनम लिम्बू, लाक्पा शेर्पा, श्याम चोङ्वाङ, आरती लिम्बू, काशीनाथ चुडाल, बिनु लिम्बू, मोहन लिम्बू र खम्बासिंह लिम्बूको परिवार पनि विस्थापित छन् । उनीहरू आफन्तकोमा बसिरहेको दोभानका व्यवसायी टङ्क खतिवडाले जानकारी दिए ।

दोभान बजारमा १८ फागुन २०७७ मा पनि आगलागी भएको थियो । त्यसबेला ४९ घर जलेका थिए । ४० करोडभन्दा बढीको क्षति भएको थियो । यो सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो व्यापारिक कारोबार हुने बजार हो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342