प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोलाको किनारबाट चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहीबार बिहानदेखि चारवटा शव फेला परेका हुन् । फेला परेका शवको पहिचान खुल्न सकेको छैन । स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षीय बालकको […]
चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको हो। पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति थुनिएको जनाइएको छ। जसका कारण जुनसुकै बेला पनि विपद्जन्य घटना निम्तिन सक्ने […]
छ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ। कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका हुन्। उपचारका नाममा विदेश गएको उनी […]
कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिने भएको छ । एमाले-नेकपाबीचको सहकार्यपछि कोशीबाट कांग्रेस बाहिरिएको हो । पार्टी केन्द्रको निर्णयअनुसार सरकारमा सहभागी कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाउँदै छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार सरकारबाट बाहिरिने निर्णयअनुसार मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् । कांग्रेसका मन्त्रीहरूलाई बुधबारसम्म राजीनामा […]
पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन […]
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको […]
ओखलढुङ्गामा आर्थिक वर्ष २०८२र८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत आकस्मिक हवाई उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सुत्केरी हुन नसकेका, प्रसूतिको क्रममा अत्यधिक रक्तस्राव भएका, जटिल स्वास्थ्य समस्या देखिएका तथा आमा र गर्भस्थ वा नवजात शिशुको ज्यान उच्च जोखिममा परेका महिलालाई हेलिकप्टरमार्फत काठमाडौँलगायत सुविधा […]
नेपाल सरकार, मन्त्रीपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काठमाडौँ निवासी याङकी उक्यावलाई नियुक्ति गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ […]
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका हरेक मोर्चामा असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सरकारका कमजोरीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो। पत्रकार सम्मेलनमा वितरित प्रेसनोट अनुसार सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको तनावपूर्ण स्थितिमा राज्यले संयम गुमाएर दमनमा उत्रिएको काङ्ग्रेसको ठहर छ। सरकारले […]
१८ साउन, काठमाडौं । सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि उनीहरू अग्रगामी मोर्चा घोषणाको तयारीमा जुटेका हुन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार, २३ साउनमा साना सात दलले मोर्चा घोषणा गर्ने जानकारी दिएका छन् । उनका अनुसार नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंकेटमा मोर्चा घोषणा हुने […]