शेयर बजार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

Radio Nagarik 100.4 MHz शनिबार, आश्विन १६, २०७८

विराटनगर । नाशा इन्भेष्टमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शेयर बजारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नाशा इन्भेष्टमेन्टको आयोजनामा शेयर सचेतना सम्बन्धि छैठौं श्रृंखलाकोरुपमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो ।

शेयर सम्बन्धि चासो राख्ने र क्याम्पसका विद्यार्थीलाई सहभागि गराएर कार्यक्रम आयोजना गरिएको हो । सहभागिलाई शेयर बजारसम्बन्धी अधारभूत ज्ञान र यसको उपयोगिताका बिषयमा जानकारी गराइएको आयोजक संस्थाका अध्यक्ष अरविन्द मेहताले जानकारी दिए ।

सो अवसरमा अर्थ सरोकार डटकमका सुरज प्याकुरेल,मोहनप्रसाद सुवेदी र आयोजक संस्थाका अध्यक्ष मेहताले सहभागिलाई शेयर बजारमा लगानी गर्दा अपनाउनुपर्ने सावधानी लगायतका बिषयमा बिस्तुत जानकारी प्रस्तुत गरेको थियो । यसैबीच कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान समेत गरिएको थियो । सो क्रममा आयोजक संस्थाले ४ जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा हरिनगर गाउँपालिकाका अध्यक्ष गप्फार अंसारी ,विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर ज्ञानेन्द्रबहादुर मल्ल,विराटनगरका स्वेच्छिक समाजसेवी देवकिसन मुन्दडा र बुढीगंगा गाउँपालिकास्थित नरग्राम माध्यमिक विद्यालयका प्रध्यानाध्यापक भिमबहादुर बस्नेत रहेको छ । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डाक्टर बाबुराम तिम्सिनाले सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।

सो अवसरमा बोल्नुहुँदै प्रमुख तिम्सिनाले शेयर सचेतना सम्बन्धि कार्यक्रमले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउन प्रभावकारी हुने विचार ब्यक्त गरे । कार्यक्रमको व्यवस्थापन ड्रिम इभेन्ट म्यानेजमेन्ट हरिनगरले गरेको थियो भने अर्थ सरोकार डटकमले सहजीकरण गरेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!