देवानगञ्ज–२ मा जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारलाई कम्बल

डुमरलाल मेहता शनिबार, फाल्गुण ०३, २०८१

विराटनगर । देवानगञ्ज गाउँपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारलाई कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ। वडाको आयोजनामा तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा १० जना जेष्ठ नागरिकलाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको वडा सदस्य रामकुमार भगतले जानकारी दिनुभयो।

साथै, ५ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गर्ने योजना रहेकोमा पहिलो चरणमा २ सय जनालाई कम्बल वितरण गरिएको र बाँकी कम्बल अर्को दिन वितरण गरिने वडा अध्यक्ष जग नारायण मेहताले बताउनुभयो।


वडा अध्यक्षका अनुसार खरिद गरिएका ५ सय कम्बलमध्ये ३ सय कम्बल गुणस्तर राम्रो नभएकाले फिर्ता पठाइएको थियो। उचित कम्बल उपलब्ध भएपछि बाँकी परिवारलाई वितरण गरिने उहाँले स्पष्ट पार्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले जेष्ठ नागरिकको सम्मान गर्नु समाजको नैतिक जिम्मेवारी भएको बताउँदै, “जेष्ठ नागरिकको सम्मानले गाउँ समाजमा आपसी सद्भाव बढ्छ र उहाँहरूको आयु लम्बिन्छ,” भन्नुभयो।
प्रदेश सभा सदस्य रामप्रसाद मेहताले ठूला हलसहितको सडक निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो। त्यस्तै, गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले दमकलको व्यवस्था गर्न आगामी बजेटमा समावेश गर्ने योजना रहेको जानकारी दिनुभयो।


उक्त कार्यक्रममा कोशी प्रदेशका सांसद राम प्रसाद मेहता, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, वडा अध्यक्ष जग नारायण मेहता लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा समाजसेवी, सञ्चारकर्मी, वडा सदस्य तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा मन्त्री रेवती रमण भण्डारी, प्रदेश सभा सदस्य रामप्रसाद मेहता र गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहतालाई समेत माला र दोसल्ला लगाएर सम्मान गरेको थियोे ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!