छोरीहरूको खातामा गाउँपालिकाको आठ लाख

Radio Nagarik 100.4 MHz बिहिबार, भाद्र १३, २०८१

काठमाडौ । दाङको दङ्गीशरण गाउँपालिकाले छोरीहरूको खातामा आठ लाखभन्दा बढी रकम जम्मा गरेको छ । ‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा २३२ जना छोरीको खातामा मासिक तीन सय रुपियाँका दरले आठ लाख ८९ हजार पाँच सय रुपियाँ जम्मा गरिदिएको हो ।

उच्च शिक्षा अध्ययनमा छोरीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले दङ्गीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ‘छोरी सम्मान कार्यक्रम’ सुरु गरेको थियो । दङ्गीशरण गाउँपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९र८० मा १२३ जना र आर्थिक वर्ष २०८०र८१ मा १०९ जना गरेर २३२ जना छोरीको खातामा पैसा जम्मा गरिएको जानकारी दिनुभयो । अहिलेसम्म २३२ जना छोरीको खातामा छ लाख ३९ हजार तीन सय रुपियाँ जम्मा भएको छ ।

यसरी जम्मा भएको पैसा पालिकाको स्वीकृतिमा छोरीहरूले शिक्षाका लागि खर्च गर्न पाउने व्यवस्था गरिएको छ । दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक रूपमा विपन्न परिवारका छोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गर्ने उद्देश्यले छोरी सम्मान कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

गाउँपालिकाले १८ वर्षसम्म प्रत्येक महिना तीन सयका दरले खातामा पैसा जम्मा गरिदिन्छ । छोरीहरूको नाममा जम्मा गरिएको पैसा १८ वर्ष पुगेपछि छोरीहरूले मात्रै निकाल्न पाउने कानुनी व्यवस्था गरिएको अध्यक्ष गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी जम्मा गरिएको पैसाले आर्थिक रूपमा विपन्नका लागि पढाइमा सहयोगसँगै बालविवाह न्यूनीकरणमा सहयोग पुगोस् भन्ने हो ।” खातामा जम्मा गरेको पैसा अध्ययनका लागि बिचमै झिक्नुपर्ने अवस्था आएको खण्डमा पालिकासँग सल्लाह गरेर मात्र झिक्न पाउने व्यवस्था गरिएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!