देवानगञ्जको १५ औं गाउँ सभा सम्पन्न

डुमरलाल मेहता मंगलबार, आषाढ १२, २०८१

विराटनगर । सुनसरीकोे देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट , निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँ सभाको १५ औं अधिवेशन कार्यक्रमका बीच देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमाी बिभा यादवले आगामी आर्थिक वर्षको लागि अनुमानित ४६ करोड ६२ लाख ८४ हजार ९ सय ६० रुपियाँ बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। गाउँपालिकाले निति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि संघीय सरकार सामानीकरणबाट ११ करोड ६४ लाख, संघीय सरकार राजस्व बाड्फाडतर्फ मूल्य अभिवृद्धि करबाट ९ करोड ६६ लाख र संघीय सरकार सशर्त संचालन अनुदान १९ करोड ६६ लाख,संघीय सरकार समपुरक अनुदान ७५ लाख,आन्तरिक आम्दानी १ करोड ५० लाख लगायतबाट व्यवस्थापन हुने प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
देवानगञ्ज लगाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आतिथ्य गाउँ सभा सम्पन्न भएको छ । वडाका जनप्रतिनिधिहरु, सरोकारवाला,संचारकर्मी लगायतको उपस्थितिमा उपाध्यक्ष कुमारी बिभा यादवले बजेट , नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । देवानगञ्ज गाउँपालीकाले कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकता राखेको बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!