सुनसरीमा हावाहुरीले केरा र मकै खेतीमा क्षति

Radio Nagarik 100.4 MHz बिहिबार, जेठ २४, २०८१

विराटनगर। सुनसरीमा केही दिनयता दैनिक जसो चलेको हावाहुरीले केरा र मकै खेतीमा ठुलो क्षति पुगेको छ। जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा मंगबारदेखि बिहीबार दिउँसोसम्म सात पटक आएको ठुलो हावाहुरीले केरा र मकै खेतीमा ठुलो नोक्सान गरेको हो। इनरुवा, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको छ।

आउँदो हप्तादेखि एक महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरुवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो।

इनरुवामा मात्रै सय बिघा क्षेत्रफलमा केरा खेती भइरहेकोमा अधिकांश केरालाई हावाहुरीले नोक्सान गरेको उहाँले बताउनुभयो। मेहताका अनुसार करिब एक करोड रुपियाँ बराबरको केरा खेती ढलेर नोक्सान भएको छ।

जिल्लामा ६ सय ५० बढी हेक्टर अर्थात् एक हजार बिघामा केरा खेती भइहरेको छ। इनरुवा ९ का किसान जसलाल यादवले बगानको केरा दुई हप्ता दिनपछि बिक्री हुने अवस्थामा रहेकोले अब ढलेपछि अलि समस्या भएको बताउनुभयो।

ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब लाखौँ रुपियाँ खर्च गर्नुपर्ने हुनसक्ने यादवको भनाइ छ। अर्का किसान श्याम यादवले हावाहुरीले केरा खेतीमा गरेको यो नोक्सानी अहिलेसम्म कै ठुलो भएको दाबी गर्नुभयो।

उता सयौँ बिघामा लगाएको मकै बालीसमेत हावाहुरी वर्षाले खेतमै ढलेकाले भित्र्याउन समस्या भएको किसान दीपेन्द्र यादवले बताउनुभयो। अधियाबटियामा खेत लिएर मकै खेती लगाएका किसान राजाराम यादवले भित्र्याउने बेलामा अत्यधिक हावाहुरी र वर्षाले मकै खेतमै ढलेकाले भित्र्याउन समस्या भएको गुनासो गर्नुभयो। जिल्लामा झन्डै १२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!