सुनसरीमा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलको सामूहिक अपिल

Radio Nagarik 100.4 MHz शनिबार, चैत्र २४, २०८०

विराटनगर। सुनसरीका विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेको छ । शनिबार सामूहिक रुपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सब प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न आग्रह गरेको हो । तीन दिनदेखि भइरहेको घटनाको छानविन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन सम्पूर्ण राजनीतिक दल तथा सम्वद्ध पक्षहरुले अपिल गरेको हो ।

शनिबार नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष भगिरथ खत्वे, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष योगेन्द्र मण्डल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष गोविन्द निरौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर दाहाल, नेकपा (एमाले)का रुद्रबहादुर बस्नेतसहितले संयुक्त अपिल जारी गर्नुभएको हो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिक जस्ता पक्षहरुको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र सङ्कल्प भएको र सोहीअनुसार राज्य सञ्चालन हुँदै आएको व्यहोरा हामी सबैमा विदितै छ भन्दै संयमित हुन आग्रह गरिएको जारी अपिलमा उल्लेख छ ।

संयुक्त अपिलमा भनिएको छ, “जिल्लाका केही स्थानमा विभिन्न किसिमका घटनाहरु घटन गई जिल्लाको समग्र शान्ति सुरक्षामा चुनौती थपिएको अवस्था छ । यसै सन्दर्भमा जिल्लाका केहि स्थानमा कर्फ्यु समेत जारी भएको व्यहोरा सम्पूर्णमा जानकारी नै छ । तर यस घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरुमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेको पाइएकाले यस प्रकारका गतिविधिहरु नगर्नरनगराउन अनुरोध गरिन्छ ।”

“मिश्रित बसोबास रहेको हाम्रो नेपाली समाज एकआपसमा आपसी भाइचारा कायम गरी बस्दै आएकोमा पछिल्लो घटनाक्रमलाई लिएर केही अराजक तत्वले सामाजिक सद्भाव बिथोल्न खोजेको प्रति हामी सबै राजनीतिक दलको खेद व्यक्त गर्दछौ ।,’’ अपिलमा भनिएको छ, ‘‘सबै धर्म एवम् सम्प्रदायबिच आपसी एकता, सद्भाव कायम राख्ने महान कार्यमा जुट्न र हाल घटेको घटनाको सत्यतथ्य छनाबिन गरी दोषीलाई कारवाही तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै आन्दोलनरत सबै पक्षलाई आफ्ना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न छानविन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन हामि सम्पूर्ण राजनितिक दल तथा सम्वद्ध पक्षहरु हार्दिक अपिल गर्दछौं ।”

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!