वनमा डढेलो, बहुमुल्य जडिबुटी नष्ट

Radio Nagarik 100.4 MHz सोमबार, फाल्गुण २८, २०८०

ताप्लेजुङ। केही दिनयता ताप्लेजुङका वनहरुमा डढेलो लागेको छ । सुख्खा मौसमसँगै जिल्लाका विभिन्न क्षेत्रमा रहेका सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलो लागेको हो ।

यहाँको पाथीभरा याङ्वरक –१ नाङ्खोल्याङ र वडा २ थेचम्बुको वनमा आइतबार आगलागी भएको छ । स्थानीयका अनुसार नाङ्खोल्याङस्थित त्रिबेणी सामुदायिक वन, सल्लेरी सामुदायिक वन र सँगै रहेको राष्ट्रिय वनमा आइतबार बिहानदेखि डढेलो ९आगलागी० सुरु भएको हो । डढेलो वनभरी फैलिएको स्थानीय सीता राईले जानकारी दिनुभयो ।

यस्तै आइतबार नै थेचम्बुस्थित सिन्चेकु सामुदायिक वनमा पनि डढेलो लागेको छ । सिन्चेकु सामुदायिक वनमा लागेको डढेलो भने स्थानीय उपभोक्तालगायतका जनशक्ति जुटेर नियन्त्रण लिएको सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार पछिल्लो दुई–तीन दिनयता विभिन्न क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न सुरु भएको छ ।

मिक्वाखोला गाउँपालिकाको पापुङ, साँबा, लिबाङ र मेरिङ्देन गाउँपालिकाको थुकिमामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेला लागेको उहाँले जानकारी दिनुभयो । विभिन्न क्षेत्रका वनमा गरी हालसम्म करिव ८०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको उहाँले बताउनुभयो ।

वनमा लागेको डढेलोले बहुमूल्य जडीबुटी तथा वनस्पति र जङ्गल सखाप भएको छ । त्यस्तै सुस्म जीवहरु डढेर लोप हुने अवस्था सिर्जना भएको छ भने चराचुरुङ्गी लगायतका वन्यजन्तुलाई नराम्ररी असर पुगेको संरक्षणकर्मी बताउँछन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!