विराटनगर । इटहरी उपमहानगरपालिका वडा नं २ को कार्यालयमा तालाबन्दी गरिएको छ।
अत्याधिक कर वृद्वि भएको भन्दै इटहरी वडा नं २ को कार्यालयमा स्थानीयबासीहरूले आज तालाबन्दी गरेका हुन्। दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेको हो ।
आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताउनुभयो।
मालपोत कार्यालय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दंगालको भनाइ छ।