भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

Radio Nagarik 100.4 MHz मंगलबार, आश्विन १६, २०८०

अछाम । मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते हुनुभएको हो ।

कक्षा चलिरहेको बेलामा भूकम्पको धक्का महसुस भएपछि आत्तिएर विद्यालयको विज्ञान भवनको दुई तलाबाट हामफाल्ने क्रममा साउँद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले जानकारी दिनुभयो ।

‘‘आत्तिएर दुई तलाबाट हामफाल्ने क्रममा लट्पटिएर घाइते भएको छ, हामीले अस्पताल लैजाने क्रममा छौं ।,’’ प्रधानाध्यापक रावतले भन्नुभयो ।

सन्तोषको बाहिरी देखिने गरेर टाउको, अनुहारमा चोट लागेको बताइएको छ । केही समय श्वास समेत रोकिएर अहिले श्वास आएको प्रधानाध्पक रावतले जानकारी दिनुभयो ।

भूकम्पको ठूलो धक्का महसुुस गरेपपछि विद्यालय, कार्यालय र घरमा रहेका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुला ठाउँमा पुगेका छन् । आजै अछाममा दुई पटक भूकम्पको धक्का स्थानीयले महसुस गरेका छन् ।

बझाङको तल्कोट केन्द्र बिन्दु बनाएर दिउँसो ३ बजेर ५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । पुनः भूकम्प आएर क्षती हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                    मिना चौधरी, कृष्णा शर्मा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/  तारा विश्वकर्मा

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!