विज्ञान र संस्कृती जोड्न किड्स भिलेजमा विद्यार्थीको एक्स्प्लोर इभेन्ट

Radio Nagarik 100.4 MHz आइतबार, पौष १०, २०७९

विराटनगर । किडस भिलेज स्कुलले शनिबार आयोजना गरेको My Explore Event मा विद्यार्थी भाइबहिनीहरुले कला, संस्कृति र धर्मसँग सम्बन्धित पोशाक, खाना, चाडपर्व र गरगहना जस्ता कुराका साथ साथै बोटबिरुवा सिजन, नेपाली, अंग्रेजी, गणित र ल्याब विषयका पजल गेमहरु र फोहोर व्यवस्थापन जस्ता विविध पक्षलाई समेटी पढेका, देखेका र सुनेका कुरालाई व्यवहारिक रुपमा अभिभावकहरू समक्ष प्रस्तुत गरेका थिए। कक्षा नर्सरीदेखि u.k.g. सम्मका विद्यार्थीहरुको यो प्रयासलाई सबै अभिभावकहरुले औधी रुचाएका थिए।

यस्तो कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै प्रखर वक्ताका रुपमा आफ्ना विचार व्यक्त गर्नसक्ने क्षमताको पनि विकास हुने स्कुलका अध्यक्ष मदन खतिवडाले बताउनुभयो सधैंको पढाइ गृहकार्य कक्षागत कार्यले निराश हुने विद्यार्थीहरुलाई ऊर्जावान भनाई अझै नयाँ कुरा सिक्न यस्तो कार्यक्रमले हौसला दिने स्कुलका सञ्चालक पंकज कुमार जैनले बताउनुभयो। समाजमा रहेका विभिन्न जातजाति धर्म-संस्कृति सबै समान हुन् र यो नै हाम्रो पहिचान र सुन्दरता हो भन्ने कुराको ज्ञान दिन साथै सक्षम र सबल व्यक्तित्वको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको स्कुलका प्राचार्य बिजय दाहालले बताउनुभयो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!