आज मिथिलामा राखी पर्व मनाइँदै

डुमरलाल मेहता शुक्रबार, साउन २७, २०७९

विराटनगर । आज ‘राखी’ पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने आज मिथिलामा जनै पूर्णिमा,  रक्षाबन्धन पर्व  मनाइँदै छ ।

मिथिलामा दाजुभाइ र दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । हिन्दू नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व मिथिलाका दाजुभाइरदिदीबहिनीबीच ‘राखी’ का नाउँमा प्रसिद्ध छ । पर्वमा दिदीबहिनीले दाजुभाइलाई कलात्मक धागोका रङ्गीचङ्गी डोरा (राखी) नाडीमा बाँधी दिएर सौर्यवृद्धिको कामना गर्छन् ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) का राजा दानवराज वलिलाई युद्धमा जानअघि दिदीबहिनी गङ्गा र जमुनाले विजयको कामना गर्दै दायाँ हातको नाडीमा ‘रक्षाकवच’ स्वरुप अभिमन्त्रित डोरा बाँधी दिएका सम्झनामा यो पर्व परम्परा चलेको विश्वास गरिन्छ । यसैदिन कूल पुरोहितले पनि वैदिक मन्त्रले अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा छ । यो पनि दानवराज वलिलाई गुरु शुक्रचार्यले युद्धमा जानअघि शास्त्रोक्त विधिले डोरा अभिमन्त्रित गरेर बाँधीदिएका विश्वास गरिन्छ । यसैको प्रभावले राजावलि देवतासँगको युद्धमा विजयी भएको पुराण वर्णित कथा छ ।

पर्वका अवसरमा विवाहित दिदीबहिनी दाजुभाइका घर गएर वा दाजुभाइलाई आफ्नै घर बोलाएर पर्व मनाउँछन् । अविवाहित दिदीबहिनीले त सँगै एउटै परिवारमा रहेका दाजुभाइसँग यो पर्व मनाउँछन् । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्यवृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिएर ‘हमर भैया जिए सौ बरिस’ (मेरा दाजुभाइ सय वर्ष बाँचुन्) भन्दै सगुनस्वरुप मिष्टान्न परिकार खुवाउँछन् । पर्वमा दाजुभाइले दिदीबहिनीबाट ‘राखी बाँधेपछि उनीहरुलाई पनि ‘राखी’ बाँधी दिएर वस्त्रआभूषण र दक्षिणा दिने चलन छ । आफ्ना दाजुभाइरदिदीबहिनी नहुनेले नजिकको यस्तो नाता पहिल्याएर पर्व मनाउँछन् । मिथिलामा यो पर्व फरक धर्म परम्पराका बीचमा पनि उत्तिकै लोकप्रिय हुँदैछ ।

पर्वका अवसरमा विगतदेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!