रेडक्रस द्रारा झोराहाटमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Radio Nagarik 100.4 MHz सोमबार, आश्विन २५, २०७८

विराटनगर । ग्रामथान गाउँपालिकाको झोराहाटमा शनिवार रेडक्रस सोसाइटीको उपशाखा झोराहाटले २५औँ स्थापना दिवश तथा वार्षिक साधारण सभाको अवसरमा श्री सरस्वती मा.वि. अगाडी सडक डिभाइडर मा २५ वटा फुलो विरूवा रोपन गरी सडक वृक्षारोपन गरेको छ। वृक्षारोपणका लागि डिभिजन वन कार्यालय मोरङले निशुल्क विरूवा र प्राविधिक उपलब्ध गराएको हो।झोराहाट रेडक्रस सोसाइटी उप शाखाले स्थापना दिवश र साधारण सभामा ७ जना समाजसेवीलाई सम्मान गरेको छ र विधालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गराई ग्रामथानका सरस्वती मा.वि. प्रथम ,शारदा बोडिङ स्कुल द्रितिय, जनक बोडिङ स्कुल तृतिय भएको थियो। नेपाल रेडक्रस सोसाइटी मोरङ सभापति सुवोध कुमार सिहं, विशिष्ट अतिथी समाजसेवी तथा रेडक्रस सोसाइटी मोरङ कार्यसमिती सदस्य मीनाजोशी, सरस्वती मा।वि। विधालय व्यवस्थापन समिती अध्यक्ष श्याम सरदार ,बेगनलाल आधारभूत विधालयका प्र.अ.कृष्णहरि धिमिरे लगायत सहभागिता रहेको थियो । रेडक्रस सोसाइटी उप शाखाका सभापति झनेन्द्र बहादुर भण्डारी को सभापतित्वमा सम्पन्न भएको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342