कप्तानगञ्जमा निकालियो नव निर्मित मंदिरको कलश यात्रा

एक हजार तीन सयको संख्यामा कलसमा जल भरेर मन्दिर ल्याएको

डुमरलाल मेहता मंगलबार, आश्विन १९, २०७८

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जमा निर्माण सम्पन्न भएको श्री श्री १०८ श्री नवदुर्गा भवानी मंदिरको मंगलबार कलस यात्रा निकालिएको छ । मन्दिर समितिले दशैँको घट्स्थापना लक्ष्ति उद्घाटन गर्ने तयारी स्वरुव कलश यात्रा निकालिएको स्थिानीय मिथलेश कुमार मेहताले जानकारी दिए। प्रदेश सरकार, स्थानीय तह, वडा कार्यालय र स्थानीयबासिको सहयोगमा नव निर्मित मंदिरको आयोजनामा कलश यात्रा निकालिएको हो ।

देवानगंज गाउँपालिका वडा नं ४ बाट स्थानीय भक्तजन तथा महिलाहरु कलश भर्न नजिकैको बुढी खोला गएको र त्यहाँबाट कलसमा जल भरेर कलश यात्रीहरु मन्दिरमा कलश विशर्जन गरेको छ । एक हजार तीन सयको संख्यामा कलसमा जल भरेर मन्दिर ल्याएको ४ नम्बर वडा अध्यक्ष चन्देशदर मेहता बताए । कलश यात्रामा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहता, उपाध्यक्ष पुनितादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाई, ३ नम्बर वडा अध्यक्ष अनिलकुमार भगत, ४ नम्बर वडा अध्यक्ष चन्देशदर मेहता, वडा सचिव सुकलप्रसाद मेहता लगायत स्थानीयबासीहरुको सहभागिता रहेको स्थिानीय कृष्ण मेहताले जानकारी दिए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342