अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा जलवायु परिवर्तनको त्रासबीच विद्यार्थीको सिर्जना : चित्र र कविताबाट दिए संरक्षणको सन्देश विराटनगरमा विद्यार्थीको अनौठो अभियानः

भोजराज घिमिरे बिहिबार, आश्विन १५, २०८३

विराटनगर । जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा विद्यार्थीमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा सञ्चालन गरिएको सात दिने कार्यक्रम सम्पन्न भएको छ।
विराटनगर–८ हाटखोलास्थित श्री सुशिक्षा माध्यमिक विद्यालयमा अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा सञ्चालन गरिएको जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम एक समारोहबीच सम्पन्न भएको हो।
विद्यार्थीलाई जलवायु परिवर्तनका कारण, त्यसबाट उत्पन्न हुन सक्ने जोखिम तथा विपद्बाट जोगिने उपायबारे व्यवहारिक रूपमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
अम्बे मुरारी सेवा केन्द्रकी संस्थापक अध्यक्ष भारती पोखरेल उपाध्यायको सोचअनुसार विद्यार्थीलाई सानै उमेरदेखि जलवायु परिवर्तन र विपद् जोखिमका विषयमा सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। सात दिनसम्म सञ्चालन भएको कार्यक्रममा दुई दिन अभिमुखीकरण तथा सचेतना कार्यक्रम, दुई दिन चित्रकला कार्यशाला र दुई दिन कविता कार्यशाला सञ्चालन गरिएको थियो।
विद्यार्थीले जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका विषयलाई चित्र र कवितामार्फत प्रस्तुत गरेका थिए। यसले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर वातावरण तथा विपद्का विषयमा सिर्जनात्मक ढंगले सोच्ने अवसर दिएको आयोजकको भनाइ छ।
कवितामा उषा बरदार प्रथम
कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको कविता प्रतियोगितामा उषा बरदार प्रथम, मुस्कान लावती द्वितीय, रोसनी कामत तृतीय र गुडिया खातुन सान्त्वना भएका छन्।
विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष विष्णु शर्मा पन्तले शिल्ड तथा पुरस्कार प्रदान गरेका थिए।
चित्रकलामा साना कक्षादेखि ठूला कक्षासम्म प्रतिस्पर्धा
चित्रकला प्रतियोगितालाई विद्यार्थीको तहअनुसार विभाजन गरिएको थियो। कक्षा १ देखि ४ सम्मको चित्रकला प्रतियोगितामा सोनालिका दर्जी प्रथम, राधिका पासवान द्वितीय, मनिका साह तृतीय र रिया साह सान्त्वना भएका थिए।
त्यसैगरी कक्षा ५ देखि ८ सम्मको चित्रकला प्रतियोगितामा मुस्कान लावती प्रथम, वैष्णवी राय द्वितीय, रोसनी कामत तृतीय र उषा बरदार सान्त्वना भएका थिए।
विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि पन्तले पुरस्कार तथा शिल्ड प्रदान गरेका थिए।
कार्यक्रमले विद्यार्थीमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणबारे प्रारम्भिक ज्ञान र चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। चित्रकला र कविताजस्ता सिर्जनात्मक माध्यमबाट विद्यार्थीलाई वातावरणीय विषयसँग जोड्दा उनीहरूले आफ्नै तरिकाले जलवायु परिवर्तनका चुनौतीलाई अभिव्यक्त गर्ने अवसर पाएका थिए।
विद्यार्थीको सिर्जनाबाट जलवायु चेतनाको सन्देश
जलवायु परिवर्तन आजको विश्वकै महत्वपूर्ण चुनौतीका रूपमा देखापरिरहेको अवस्थामा विद्यार्थी तहबाटै यसबारे चेतना विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यार्थीले चित्र र कवितामार्फत जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयलाई उठाएका थिए। यसले विद्यालय तहबाटै वातावरणीय सचेतना विस्तार गर्न सकिने सन्देशसमेत दिएको छ।
कार्यक्रम अम्बे मुरारी सेवा केन्द्रका महासचिव गंगा प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन विभूति भट्टराईले गरेका थिए।
सात दिनसम्म सञ्चालन भएको कार्यक्रमको समापनसँगै सहभागी विद्यार्थी तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342