२५ वर्षे यात्राको दस्तावेज ‘हरियालीका पाइला’ सार्वजनिक हरियाली सामुदायिक वनको २१औँ साधारणसभा सम्पन्न

भोजराज घिमिरे बुधबार, आश्विन १४, २०८३

पथरी शनिश्चरे समाचारदाता, असोज १५
मोरङको पथरी शनिश्चरेस्थित हरियाली सामुदायिक वनले आफ्नो २५ वर्षे संरक्षण यात्रालाई समेटेर तयार पारिएको पुस्तक ‘हरियालीका पाइला’ सार्वजनिक गरेको छ। २५० दशमलव ४५ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले २१औँ वार्षिक साधारणसभाको अवसरमा पुस्तक विमोचन गरेको हो।
सामाजिक विकासमन्त्री गीता तिम्सिनाले पुस्तक विमोचन गर्नुभयो। पुस्तकमा सामुदायिक वन स्थापनादेखि हालसम्मका संरक्षण गतिविधि, उपलब्धि तथा आगामी दिनमा गर्नुपर्ने कामलाई समेटिएको छ।
पुस्तक विमोचनपछि बोल्दै मन्त्री तिम्सिनाले प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई संरक्षण गर्दै समृद्धितर्फ अघि बढ्न सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले हरियाली सामुदायिक वनले वन संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र पर्यापर्यटनका क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
साधारणसभामा अध्यक्ष काबुलबहादुर मगर ‘विकास’ले वन संरक्षणसँगै पर्यापर्यटनलाई प्राथमिकतामा राखेर विभिन्न योजना अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार सम्झौताअनुसार हरेक वर्ष हरियाली सामुदायिक वन लिमिटेडको सेयर खरिद गर्दै जाने योजना रहेको छ।
अध्यक्ष मगरले सामुदायिक वनको गौरवको योजनाका रूपमा अघि बढाइएको हरियाली पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिनुभयो। पार्कका विभिन्न संरचना निर्माण तथा सञ्चालनमा आइसकेको र बाँकी निर्माणाधीन संरचना आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो।
सामुदायिक वनको आर्थिक अवस्था प्रस्तुत गर्दै कोषाध्यक्ष कमला लिम्बूले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ४४ लाख ११ हजार २१२ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो। सोही अवधिमा दायित्वसहित १ करोड ५९ लाख ४३ हजार ७९० रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भने १ करोड ६५ लाख ५९ हजार १६७ रुपैयाँ अनुमानित आम्दानी गर्ने लक्ष्य राखिएको छ।
सभामा सचिव निर्मला चौहानले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित योजना र कार्ययोजना प्रस्तुत गर्नुभयो।
कार्यक्रममा पथरी शनिश्चरे–२ का वडाध्यक्ष नैना राई, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बू, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्त, सबडिभिजन वन कार्यालय पथरीका प्रमुख कुमार बस्नेत तथा हरियाली सामुदायिक वनका संयोजक दिलबहादुर तामाङलगायतको उपस्थिति थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342