विराटनगर कांग्रेसमा न्यौपानेको उम्मेदवारी

Radio Nagarik 100.4 MHz शुक्रबार, आश्विन ०२, २०८३

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै विराटनगर महानगरपालिका कांग्रेसको सभापति पदमा सन्तोष न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी तथा युवा राजनीतिबाट लामो समयदेखि पार्टी संगठनमा सक्रिय न्यौपानेको उम्मेदवारीसँगै महानगर कांग्रेसको नेतृत्वमा नयाँ राजनीतिक समीकरणको बहस सुरु भएको छ।
नेपाल विद्यार्थी संघ विराटनगरका अध्यक्ष तथा तरुण दल विराटनगरका सभापतिसमेत रहेका न्यौपानेले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र कार्यकर्तामैत्री बनाउने एजेन्डासहित आफ्नो दाबी प्रस्तुत गरेका हुन्। विराटनगर–४ का वडाध्यक्षसमेत रहेका न्यौपानेले वडा तहसम्म संगठन विस्तार र कार्यकर्ताबीच प्रभावकारी समन्वयलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।
महानगर सभापतिका लागि न्यौपानेको उम्मेदवारीलाई उनका समर्थकहरूले संगठनभित्र बढ्दो प्रभाव र युवा पुस्ताको समर्थनसँग जोडेर हेरेका छन्। लामो समय विद्यार्थी तथा युवा संगठनमा सक्रिय रहेको अनुभव, वडास्तरमा निर्वाचित जनप्रतिनिधिका रूपमा गरेको राजनीतिक अभ्यास तथा कार्यकर्तासँगको निरन्तर सम्पर्कलाई उनको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ।
न्यौपानेले महानगरका सबै वडामा कांग्रेसको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउँदै पार्टीलाई जनतासँग अझ नजिक जोड्ने प्रतिबद्धता जनाएका छन्। उनका पक्षधरहरू भने संगठनभित्रको सक्रियता, युवा पुस्तासँगको सम्बन्ध र कार्यकर्ताबीचको पहुँचका कारण सभापतिको प्रतिस्पर्धामा बलियो दाबेदारी प्रस्तुत गर्न सक्ने अवस्था बनेको बताउँछन्।
उम्मेदवारी घोषणासँगै विराटनगर कांग्रेसको आन्तरिक राजनीति थप रोचक बनेको छ। आगामी महाधिवेशनसम्म बन्ने समीकरण, समर्थन र सहमतिले नेतृत्व चयनमा निर्णायक भूमिका खेल्ने देखिन्छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342