लिला श्रेष्ठ। बिराटनगर।
मनोरञ्जन क्षेत्रमा हरेक वर्ष नयाँ अनुहारको आगमन हुन्छ, तर थोरैले मात्र मसिनो प्रयासमै दर्शकको मन र मनोरञ्जन क्षेत्रमा बलियो छाप छोड्न सफल हुन्छन्। काचको पर्दामा एकैपटक तहल्का मच्चाउन त्यति सजिलो छैन तर पनि निरन्तरको प्रयासले एक प्रतिभाशाली कलाकार जन्मन सक्छ। यस्तै रंगिन दुनियाँमा आफ्नो कला र प्रतिभाले निखारीदै अगाडि बढ्न सफल नाम हो – सुकचन्द्र थापा।
छिमेकी रास्ट्र भारतको वेस्ट बङ्गाल,सिलिगुरी दार्जिलिङ्ग क्षेत्रबाट आफ्नो कला यात्रा शुरु गरेका थापाले नेपाली भाषाका धेरै गितिफिल्म,टेलीफिल्मका बिभिन्न भूमिकामा अभिनय गरिसकेका छन् भने धेरै म्युजिक भिडियो,नेपाली भाषाका सिरियल,थिएटर,ठुला पर्दाका फिल्म लगायत, चर्चित अभिनेता,अभिनेत्रीहरुको साथमा पनि अभिनय गरिसकेका छन।
आफूलाई भर्सटायल अभिनेताको रूपमा चिनाउन चाहने थापा हालै सार्वजनिक भएको हिन्दि भाषाको फाईनल मिसन नामक सांगीतिक सर्ट फिल्ममा समेत दमदार अभिनयमा देखिएका छन। हाईफ़ाईभ फिल्म मेकेर्सको ब्यानरमा बनेको उक्त्त सांगीतिक फिल्मलाई प्रभात कुमारले निर्देशन गरेका छन। केशब आनन्द र प्रियंका शर्माको स्वर रहेको उक्त्त गीतमा पुनित अवास्थिले संगीत भरेका छन् भने निर्देशक प्रभात कुमार आफैले गीत लेखेका छन्।
थापाको लोभलाग्दो व्यस्तता यतिमा मात्र सीमित छैन। उनी नेपालका धेरै स्टार कलाकारहरु संग आफ्नो अभिनय कला प्रस्तुत गर्दैछन।
धेरै कलाकारहरु नेपाली साथै भारतीय मनोरञ्जन उद्योगमा लामो समय टिक्न नसकेको इतिहास छ। तर,थापाले आफ्नो बलियो पृष्ठभूमि, गम्भीर अभिनयप्रतिको लगाव र बुद्धिमानीपूर्वक अगाडी बढ्न र सफलता हात पार्न नेपाली तथा भारतीय रजतपटमा लामो रेसको घोडा बन्ने दौडमा छन।
(-हेरौं कलाकार सुकचन्द्र थापाले अभिनय गरेको गितिफिल्म…..)