काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रका सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ ।
सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षति भएका छन्, जुन क्षति ३० अर्ब बराबर भएको प्रारम्भिक अनुमान छ ।