जसले प्रतिभा, लोकप्रियता र व्यक्तिगत उपलब्धिका बाबजुद विश्वकपको ट्रफी कहिल्यै उचाल्न सकेन । त्यो नाम हो, नेयमार जुनियर ।

१५ साउन, काठमाडौं । ब्राजिल र फुटबल एकअर्काका पर्यायजस्तै हुन् । विश्व फुटबल इतिहासका महान् खेलाडीहरूको सूची बनाउँदा पेले, गारिन्चा, रोनाल्डो नाजारियो, रोमारियो, रिभाल्डो, रोनाल्डिन्हो, काका, जिको, डिडी, जर्जिन्हो हुँदै नेयमार जुनियरसम्मको नाम स्वतः आउँछ ।
विश्वकपको ९६ वर्ष लामो इतिहासमा भएका सबै २३ संस्करण खेल्ने र सर्वाधिक पाँच पटक उपाधि जित्ने कीर्तिमान ब्राजिलकै नाममा छ । हरेक पुस्तामा ब्राजिलले विश्व फुटबललाई नयाँ स्टार दिएको छ ।