१४ साउन, जनकपुरधाम । मधेश प्रदेश सरकारले नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मधेश सकरारको मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको गम्भीर समीक्षा गरिएको जनाएका छन् ।