लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
तीन बुँदे माग राखेर उनीहरूले सोमबार विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृत लिनु पर्ने हो ?, लोकसेवाको कार्यातालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर, ‘पहुँच भए खाउ युवा, स्वकीय सचिव खाउ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ’, पदपूर्ति रोक्न पाइँदेन, लोकसेवाको अधिकार खोस्न पाइँदैन लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
मुख्य सचिवको अध्यक्षतामा ४ साउनमा बसेको सचिवस्तरीय बैठकले गरेको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने, करार सेवामा कार्यरत कर्मचारीहरू मध्ये उत्कृषट कार्यसम्पादन गरेका अधिकतम १० प्रतिशत कर्मचारीलाई स्पष्ट, वस्तुगत र पारदर्शी मापदण्डका आधारमा व्यवस्थापन गरी बाँकी ९० प्रतिशत पदमा लोकसेवा आयोग मार्फत खुला निष्पक्ष र प्रतिस्पर्धात्मक रूपमा स्थायी पदपूर्ति गरियोस्, लोकसेवा आयोगको विद्यमान उमेरहद यथावत कायd गरियोस् लगायतका माग समेत उनीहरूले राखेका छन् ।