एसईईमा ४ जीपीए ल्याउने स्वीकृतिलाई ५० हजार नगदसहित भव्य सम्मान, पञ्चायत माविको घोषणा– अब उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पढाइ !

भोजराज घिमिरे मंगलबार, जेठ ०५, २०८३

पथरी शनिश्चरे, जेठ ५ — मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालय ले एसईई २०८२ मा ४ जीपीए ल्याएर उत्कृष्ट सफलता हासिल गर्ने छात्रा स्वीकृति निरौला लाई नगद ५० हजार रुपैयाँसहित भव्य सम्मान गरेको छ।
विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा स्वीकृतिलाई फूलमाला, अविर, खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउन सफल भएपछि स्वीकृति अहिले नगरकै चर्चित छात्राका रूपमा परिचित बनेकी छन्।
कार्यक्रमकै अवसरमा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी ले अर्को ठूलो घोषणा गर्दै ३.६ जीपीएभन्दा माथि ल्याउने ८ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिने जानकारी दिनुभयो। विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, पत्रकारिता र कानुन संकायमा अध्ययन गर्ने ती विद्यार्थीलाई करिब ७५ हजार रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने जनाएको छ।
प्रधानाध्यापक बुढाथोकीले मेहनत, अनुशासन र नियमित अध्ययनले असम्भव पनि सम्भव हुने बताउँदै स्वीकृतिको सफलताले अन्य विद्यार्थीलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
सामुदायिक विद्यालयबाट यति उत्कृष्ट नतिजा आउनु गौरवको विषय भएको भन्दै विद्यालय प्रशासनले आगामी दिनमा पनि प्रतिभावान विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
वडा नम्बर–१ का वडाध्यक्ष भीमकुमार राई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष युवराज बास्कोटा, शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342