विराटनगर । विराटनगर महानगरपालिका–११ मा रहेको रत्ना होटल र बिग होटलभित्र सञ्चालित क्यासिनोबाट पक्राउ परेका १७ जनाविरुद्ध प्रहरीले ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।
आइतबार राति मोरङ प्रहरीले रत्ना होटलभित्र रहेको गोल्डेन क्यासिनो र बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनोमा छापा मार्दै २० जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये बिग होटलको क्यासिनोबाट समातिएका ३ जनालाई सामान्य सोधपुछपछि छाडिएको र बाँकी १७ जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रत्ना होटलको गोल्डेन क्यासिनोबाट १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपाली नागरिक पक्राउ परेका थिए। पक्राउ पर्नेमा क्यासिनोका व्यवस्थापक, कर्मचारी तथा खेल्न पुगेका व्यक्तिहरू रहेका छन्। उनीहरूमध्ये पूर्वाञ्चल विश्वविद्यालयका एक शिक्षकदेखि जेन–जी आन्दोलनका अगुवासमेत रहेको खुलेको छ।
नेपालमा क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको भए पनि खुला रूपमा नेपालीलाई प्रवेश दिइएको गुनासो आएपछि प्रहरीले छापा मारेको थियो। छापाका क्रममा क्यासिनोभित्र रहेका केही नेपाली नागरिकसँग नक्कली भारतीय आधार कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (जुवा कसूर) अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
रत्ना होटलको गोल्डेन क्यासिनोबाट पक्राउ परेका व्यक्तिहरू
लोकेन्द्र बहादुर बस्नेत (४३), लिखुपिके गा.पा.–६, सोलुखुम्बु
रोशन गिरी (४०), मेची न.पा.–७, झापा (हाल विराटनगर–६)
कृष्ण कुमार कुर्मी (२६), विराटनगर–१, मोरङ
विवेककुमार मण्डल (२४), विराटनगर–१, मोरङ
मणी लामा योन्जन (राज लामा), सुनापति गा.पा.–४, रामेछाप
रुपेश दाहाल (२७), इटहरी–५, सुनसरी
आदेश बी.के. (२३), सुन्दरहरैचा–४, मोरङ
महमद जाकिर हुसेन (४२), बुढिगंगा गा.पा.–२, मोरङ
तेजराज गिरी (४५), विराटनगर–१, मोरङ
घनश्याम गिरी (४०), दमक–४, झापा
सुरज राय (२६), कटहरी गा.पा.–४, मोरङ
संतोष बस्नेत (३८), चौदण्डीगढी–५, उदयपुर
प्रमोद घिमिरे (२९), इटहरी–८, सुनसरी
पवन गोस्वामी (२७), विराटनगर–७, मोरङ
बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट पक्राउ परेका व्यक्तिहरू
रामकृष्ण गौतम (४५), बनेपा–११, काभ्रे
हरि भट्ट (५३), दशरथचन्द–८, बैतडी
साजन साह, विराटनगर–८, मोरङ