विराटनगरमा ‘संसारी खबर’ अनलाइन पोर्टल शुभारम्भ : धर्म, संस्कृति र समाजमुखी पत्रकारितामा जोड

भोजराज घिमिरे बिहिबार, भाद्र १९, २०८२

विराटनगरमा ‘संसारी खबर’ अनलाइन पोर्टल शुभारम्भ : धर्म, संस्कृति र समाजमुखी पत्रकारितामा जोड

विराटनगर । विराटनगरबाट सञ्चालित नयाँ अनलाइन समाचार पोर्टल ‘संसारी खबर’ औपचारिक रूपमा शुभारम्भ भएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले उद्घाटन गर्नुभएको यस पोर्टलले धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै समाचार प्रवाह गर्ने अठोट सार्वजनिक गरेको छ।

शुभारम्भ कार्यक्रममा पूर्वमन्त्री जयराम यादव, वडा नं. ८ का वडाध्यक्ष राम पोखरेल, पत्रकार महासंघ र प्रेस युनियनका पदाधिकारी, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको सक्रिय उपस्थिति थियो।

अध्यक्ष खड्काले तथ्यपरक, जिम्मेवार र समाजलाई मार्गदर्शन गर्ने पत्रकारिताको खाँचो औंल्याउँदै “संसारी खबरले धर्म, संस्कृति र समाजप्रतिको आस्था जगाउने खालका समाचारलाई प्राथमिकता दिने विश्वास दिलाएको छ” भन्नुभयो। पूर्वमन्त्री यादवले विश्वसनीय सूचना, स्वस्थ प्रतिस्पर्धा र संस्कृतिप्रेम लोकतन्त्रकै आधारस्तम्भ भएको जोड दिनुभयो।

‘संसारी खबर’का अध्यक्ष सुनिल यादवले अनलाइन पोर्टललाई धर्म–संस्कृति, मठ–मन्दिर र सामाजिक सद्भावलाई उजागर गर्ने मञ्च बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय, प्रदेशीय र स्थानीय विषयका समाचार सन्तुलित ढंगले प्रस्तुत गर्ने बताए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!