विराटनगरमा मेगा रक्तदान अभियान, प्रमुख जिल्ला अधिकारीको समर्थन र शुभकामना

भोजराज घिमिरे मंगलबार, भाद्र १७, २०८२

विराटनगरमा मेगा रक्तदान अभियान, प्रमुख जिल्ला अधिकारीको समर्थन र शुभकामना
विराटनगर, ।
तेरापन्थ युवक परिषद् विराटनगरद्वारा आगामी सेप्टेम्बर १७ (अशोज १) गते आयोजना गरिन लागेको मेगा ब्लड डोनेशन ड्राइभ (MBDD) लाई जिल्ला प्रशासन कार्यलय मोरङ का प्रमुख जिल्ला अधिकारी श्रीमान इन्द्रदेव यादवले समर्थन मात्र नभई शुभकामना समेत प्रकट गर्नुभएको छ।
उहाँले रक्तदान मानव जीवनको अमूल्य योगदान रहेको भन्दै युवाहरूमाझ यसप्रकारका अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। साथै, परिषद्ले अघि बढाएको यो पुनीत कार्यले समाजमा जागरण ल्याउनुका साथै हजारौँलाई नयाँ जीवन दिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।
तेरापन्थ युवक परिषद्ले यस वर्ष १३ वटा रक्तदान शिविरमार्फत १,००० पिन्ट रक्त संकलन गर्ने लक्ष्य लिएको छ।
सो अवसरमा परिषद्का अध्यक्ष अरिहन्त बैद, संयोजक तथा उपाध्यक्ष अमित धाडेवा, महासचिव समित सुराना, पूर्व अध्यक्ष तथा सल्लाहकार पंकज लुनिया लगायतको उपस्थिति रहेको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!