कोशी प्रदेशको आमसञ्चार विधेयकमा थप छलफल आवश्यक : मुख्यमन्त्री कार्की

भोजराज घिमिरे बुधबार, भाद्र ११, २०८२

कोशी प्रदेशको आमसञ्चार विधेयकमा थप छलफल आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर – नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले सरकार पत्रकारहरूको माग र सरोकारलाई गम्भीरतापूर्वक लिएको बताएका छन्।

मुख्यमन्त्री कार्कीले प्रस्तुत आमसञ्चार विधेयकमा अझै छलफल आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सभामा तत्काल पारित हुने सम्भावना कम भएको प्रष्ट पारे। उनले भने, “अहिले बनेको विधेयकमा थप छलफल गर्नुपर्ने अवस्था देखियो। प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारप्रति म प्रतिबद्ध छु। पत्रकारहरूको मागलाई सरकारले सकारात्मक रूपमा लिएको छ।”

महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्काले विधेयकका केही दफाले प्रेस स्वतन्त्रता खुम्च्याउने आशंका रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएका दिनदेखि नै पत्रकारिताका लागि बलियो संस्था बनाउने सोच रहेको स्मरण गर्दै पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा आमसञ्चार प्रतिष्ठान गठन गरेर पत्रकार हितका काम सुरु गरिएको तर त्यसलाई तत्कालीन सरकारले खारेज गरेको उल्लेख गरे। अहिले भने कानुनमार्फत पत्रकारिता क्षेत्रमा संस्थागत आधार तयार गर्न खोजिएको भए पनि सरोकारवाला पक्षहरूको चासोका कारण थप छलफल गरेर मात्र अघि बढ्ने बताए।

सो अवसरमा महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र महासचिव हिमा चेम्जोङले पत्रकारहरूको माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै प्रेस स्वतन्त्रताको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!