निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा नेपालभर बीआइएममा प्रथम,

भोजराज घिमिरे बुधबार, भाद्र ०४, २०८२

निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा नेपालभर बीआइएममा प्रथम,

निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा नेपालभर बीआइएममा प्रथम, ३.९८ जीपीए हासिल

विराटनगर । विराटनगरको निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा ले व्यवस्थापन संकाय (बीआइएम) को पहिलो सेमेष्टर परीक्षामा ३.९८ जीपीए ल्याउँदै नेपालमै पहिलो स्थान हासिल गरेकी छिन्।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०८१ सालमा सम्पन्न परीक्षामा प्राप्त यस उपलब्धिले उनले कोशी प्रदेशमै अहिलेसम्मकै उच्चतम जीपीए ल्याउने विद्यार्थी बन्ने गौरव समेत हासिल गरेकी छिन्। यसअघि कोशी प्रदेशका कुनै पनि विद्यार्थीले यति उच्च जीपीए ल्याउन सकेका थिएनन्।

निहारिका कलेजले यसअघि पनि बीआइएममा उत्कृष्ट नतिजा दिँदै आएको छ, जहाँ विद्यार्थीहरूले दोस्रो र तेस्रो स्थान हात पारेका थिए। सो कलेजमा बीएससी सीएसआइटी, बीसीए, बीआइटीएम, बीएचएम, बीबीएस र एमबीएसको अध्ययन हुँदै आएको छ।

पूर्णिमाले प्लस टु अर्किड कलेज, विराटनगर बाट उत्तीर्ण गरेकी थिइन्। उनले कक्षा १२ मा पनि ३.८४ जीपीए ल्याएर शैक्षिक उत्कृष्टताको उदाहरण प्रस्तुत गरेकी थिइन्।
कलेज प्रशासनका अनुसार, पूर्णिमाको यस उपलब्धिले निहारिका कलेजको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनतलाई अझ बलियो प्रमाणित गरेको छ।

३.९८ जीपीए हासिल

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!