नेवारी समुदायद्वारा विराटनगर, काठमाडौं, हेटौंडालगायत ठाउँमा गाईजात्रा
मृतात्माको चिरशान्तिको कामना गर्दै नेवारी समुदायले आइतबार बिहान विराटनगर, काठमाडौं, हेटौंडालगायत विभिन्न स्थानहरूमा झाँकीसहित वृहत गाईजात्रा र्याली निकालेका छन्। विभिन्न भेषभूषामा सजिएका सहभागीहरूसहित झिःपुचबाट सुरु भएको जात्रा विशेषगरी नेवार समुदायको सांस्कृतिक पर्वका रूपमा मनाइन्छ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत ‘गाईजात्रा’ आइतबार देशभर कार्यक्रमको आयोजना गरी सम्पन्न गरियो। यो पर्व मूलत: उपत्यकाबाट सुरु भए पनि अहिले नेवार समुदाय बसोबास रहेका विभिन्न स्थानहरूमा पनि उतिकै उत्साहका साथ मनाइन्छ।
यसै क्रममा, हेटौंडामा समाजसेवी तथा सामाजिक अभियान्ता सरिता श्रेष्ठकी माता तथा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं नारायणी यातायात व्यवसायी संघ हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ठकी माता स्व. दीलमाया श्रेष्ठको सम्झनामा गाईजात्रा निकालियो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न भगवानसँग प्रार्थना पनि गरिएको थियो।
गाईजात्रामा श्रेष्ठ परिवारका हिरालाल,उमा श्रेष्ठ, मोतीलाल,सुसिला श्रेष्ठ, धर्मलाल श्रेष्ठ, रामलाल,चित्रा श्रेष्ठ, शुभद्र श्रेष्ठ , डा. किशोरलाल,नतासा श्रेष्ठ, गणेशलाल,शुसिला श्रेष्ठसहित अन्य परिवारजनको सक्रिय सहभागिता रहेको थियो।