नेवारी समुदायद्वारा विराटनगर, काठमाडौं, हेटौंडालगायत ठाउँमा गाईजात्रा

भोजराज घिमिरे सोमबार, साउन २७, २०८२

नेवारी समुदायद्वारा विराटनगर, काठमाडौं, हेटौंडालगायत ठाउँमा गाईजात्रा

मृतात्माको चिरशान्तिको कामना गर्दै नेवारी समुदायले आइतबार बिहान विराटनगर, काठमाडौं, हेटौंडालगायत विभिन्न स्थानहरूमा झाँकीसहित वृहत गाईजात्रा र्याली निकालेका छन्। विभिन्न भेषभूषामा सजिएका सहभागीहरूसहित झिःपुचबाट सुरु भएको जात्रा विशेषगरी नेवार समुदायको सांस्कृतिक पर्वका रूपमा मनाइन्छ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत ‘गाईजात्रा’ आइतबार देशभर कार्यक्रमको आयोजना गरी सम्पन्न गरियो। यो पर्व मूलत: उपत्यकाबाट सुरु भए पनि अहिले नेवार समुदाय बसोबास रहेका विभिन्न स्थानहरूमा पनि उतिकै उत्साहका साथ मनाइन्छ।

यसै क्रममा, हेटौंडामा समाजसेवी तथा सामाजिक अभियान्ता सरिता श्रेष्ठकी माता तथा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं नारायणी यातायात व्यवसायी संघ हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ठकी माता स्व. दीलमाया श्रेष्ठको सम्झनामा गाईजात्रा निकालियो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न भगवानसँग प्रार्थना पनि गरिएको थियो।

गाईजात्रामा श्रेष्ठ परिवारका हिरालाल,उमा श्रेष्ठ, मोतीलाल,सुसिला श्रेष्ठ, धर्मलाल श्रेष्ठ, रामलाल,चित्रा श्रेष्ठ, शुभद्र श्रेष्ठ , डा. किशोरलाल,नतासा श्रेष्ठ, गणेशलाल,शुसिला श्रेष्ठसहित अन्य परिवारजनको सक्रिय सहभागिता रहेको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!