मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध चयन

भोजराज घिमिरे मंगलबार, साउन २१, २०८२

मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध चयन
भोजराज घिमिरे, विराटनगर, साउन १८
मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट शिवप्रसाद रिजाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको हो।

नयाँ कार्यसमितिमा घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा कृष्ण प्रसाद दाहाल, सचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार मिश्र र सह–कोषाध्यक्षमा देवेन्द्र बहादुर बस्नेत चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा अञ्जली देवी श्रेष्ठ, विजय सुरना, दुर्गा रेग्मी, जुगल किशोर राठी, विकास लालवानी, रितेश खनाल, सीता देवी अधिकारी( लामिछाने) , सुरेश कुमार भट्टराई, सुवास प्रसाद रिजाल र चिरञ्जीवी पराजुली रहेका छन्।

नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष यदव पोखरेलले अबिर र माला लगाएर बधाई दिएका थिए। उनले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै कार्यकाल सफल, सशक्त र व्यवसायमैत्री हुने अपेक्षा गरे।

निर्वाचन अधिकृतको रूपमा वरिष्ठ अधिवक्ता सुरेश लाल श्रेष्ठले निर्वाचन परिणामको औपचारिक घोषणा गरेका थिए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!