नेतृत्व विकासको अभियानमा ऐतिहासिक पाइला : टंकीसिनवारी जेसीजद्वारा ‘भीम–अजिता वक्ता च्याम्पियनशिप’ हुने

भोजराज घिमिरे शुक्रबार, साउन १७, २०८२

नेतृत्व विकासको अभियानमा ऐतिहासिक पाइला : टंकीसिनवारी जेसीजद्वारा ‘भीम–अजिता वक्ता च्याम्पियनशिप’ हुने
मोरङ, साउन १६
भविष्यका परिवर्तनकारी नेतृत्वहरूको पहिचान, प्रशिक्षण र सशक्तिकरण गर्ने उद्देश्यका साथ मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित टंकीसिनवारी जेसीजले एक ऐतिहासिक कार्यक्रमको घोषणा गरेको छ। टंकीसिनवारी जेसीजले ‘भीम–अजिता वक्ता च्याम्पियनशिप’ नामक राष्ट्रिय स्तरको वक्तृत्व प्रतियोगिता आगामी भाद्र २७ गते आयोजना गर्ने भएको हो।

नेपाल पत्रकार महासंघ, मोरङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा टंकीसिनवारी जेसीजका अध्यक्ष जेसी अनिश भट्टराईले कार्यक्रममा नेतृत्व, अभिव्यक्ति र सामाजिक चेतनाको समुचित संगम गराउने उद्देश्य राखिएको जानकारी दिए। अध्यक्ष भट्टराईका अनुसार नेतृत्व उत्पादन गर्ने विद्यालयको रूपमा परिचित संस्थाले अब नेतृत्व सशक्तिकरणलाई अझै संस्थागत बनाउँदै दीर्घकालीन अभियानको रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
उक्त वक्तृत्व प्रतियोगितामा नेपालभरिका १८४ वटा जेसीज र जुनियर जेसीज शाखाका प्रतिनिधिहरूबीच खुला प्रतिस्पर्धा हुनेछ। कार्यक्रममार्फत राष्ट्रिय स्तरका उत्कृष्ट वक्ताहरूलाई एउटै मञ्चमा उतारिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक युवाहरूले रु १५०० रजिस्ट्रेसन शुल्क बुझाउनु पर्नेछ।
कार्यक्रमका मुख्य उद्देश्यहरू निम्नानुसार रहेका छन् :
नेतृत्व र व्यक्तित्व विकासका लागि “Leadership Pipeline” निर्माण
टंकीसिनवारी जूनियर जेसीजको सशक्त ब्रान्डिङ
भाषण, अभिव्यक्ति र विचार प्रस्तुतिका माध्यमबाट युवामा आत्मविश्वास, जिम्मेवारी र सामाजिक चेतना अभिवृद्धि
राष्ट्रिय मञ्चमा उदाउँदा प्रतिभाहरूको पहिचान र मूल्याङ्कन
अध्यक्ष भट्टराईले नेतृत्व उत्पादनको अर्थ कुर्सीमा पुग्नु मात्र नभई विचार, मूल्य र कार्यशैली हस्तान्तरण गर्नु हो भन्ने धारणा व्यक्त गर्दै वर्तमान पुस्तालाई जिम्मेवार, सशक्त र देशभक्त बनाउने अभियानमा आफूहरू लागिपरेको बताए।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३०,०००, दोस्रो हुनेलाई रु १५,०००, र तेस्रो हुनेलाई रु १०,००० नगद पुरस्कार प्रदान गरिनेछ। कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिने उद्देश्यले संस्थाका पिता संस्थापक अध्यक्ष भीम घिमिरेले रु १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाउँदै त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्।
कार्यक्रममा टंकीसिनवारी जेसीजका पिता संस्थापक अध्यक्ष भीम घिमिरे, विभिन्न सामाजिक अभियन्ता, जेसीज नेतृत्वहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहनेछ। पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूलाई विशेष निमन्त्रणा दिइएको जनाइएको छ।पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूलाई विशेष निमन्त्रणा दिइएको छ ।पत्रकार सम्मेलनमा अतिथिहरू, टंकी सिनवारी जेसि का पिता सस्थापक अध्यक्ष भिम घिमिरे , नेपाल पत्रकार माहासङ कि अध्यक्ष सुशीला पाठक ,सञ्चारकर्मीहरू र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
वर्ष २००४ मा स्थापना भएको टंकीसिनवारी जेसीजले विगतदेखि नै नेतृत्व विकास, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहँदै आएको छ। संस्थाले युवाहरूलाई सामाजिक परिवर्तनमा नेतृत्व गर्न सक्षम बनाउने खालका थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यस पटकको वक्तृत्व प्रतियोगिता संस्थाको स्थायित्व, संस्थागत दीर्घकालीनता र नेतृत्व सशक्तिकरणमा एक ऐतिहासिक माइलस्टोन बन्ने अपेक्षा गरिएको छ।
टंकीसिनवारी जेसीजको यो राष्ट्रिय स्तरको कार्यक्रमले युवा नेतृत्व निर्माणको नयाँ युगको सुरुवात गर्नेछ भन्ने विश्वास लिइएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!