कटहरी हुलाकी सडक चार वर्षमा १७% मात्र निर्माण: ठेकेदारको धरौटी कटौती गर्दै काम अघि बढाउने निर्णय

भोजराज घिमिरे मंगलबार, साउन १४, २०८२

कटहरी हुलाकी सडक चार वर्षमा १७% मात्र निर्माण: ठेकेदारको धरौटी कटौती गर्दै काम अघि बढाउने निर्णय

मोरङ, साउन १३– कटहरी खण्डअन्तर्गतको हुलाकी राजमार्गको ६ किलोमिटर सडक खण्डमा निर्माण सुरु भएको चार वर्ष बितिसक्दा समेत जम्मा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको पाइएको छ। निर्माण कार्यको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनले पटक–पटक आश्वासन दिए पनि सडक अलपत्र अवस्थामा रहँदा स्थानीयले बारम्बार सर्वदलीय र सर्वपक्षीय आन्दोलन, धर्ना तथा सडक अवरोधजस्ता कार्यक्रम गरी आवाज उठाउँदै आएका छन्।

२०७८ सालमा सम्झौता भएको यो आयोजना २०८२ जेष्ठ ३० गते म्याद सकिँदासम्म पनि उल्लेख्य प्रगति हुन नसकेकोले अब म्याद थप नगर्ने निर्णय गरिएको छ।

सडक निर्माणमा देखिएको ढिलासुस्ती र जनताको चर्को असन्तोषलाई ध्यानमा राख्दै सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले ठेकेदार कम्पनीको धरौटी कटौती गर्ने निर्णय गरेको छ। साथै, तत्काल जीर्ण सडकलाई ग्राभेल र रोलरमार्फत हिँड्न मिल्ने बनाउन निर्देशन दिइएको छ।

निर्णयप्रति नागरिक समाजका प्रतिनिधि मृत्युन्जय झा सहित सर्वदलीय नागरिक समाजले स्वागत जनाएका छन्। बैठकमा प्रतिनिधिसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, हुलाकी सडक पीडित जनता र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्थानीय बासिन्दाहरूले भने, “हामी वर्षौंसम्म धूलो र हिलो खाँदै हिंड्न बाध्य भएका छौं। अब काम तुरुन्त अघि बढ्नुपर्छ, नत्र हामी अझ सशक्त आन्दोलनमा जान बाध्य हुनेछौं।”

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342