विराटनगरवासीलाई शुद्ध र पर्याप्त खानेपानी उपलब्ध गराउन परियोजना सञ्चालन गरिएको हो : प्रमुख सन्तोष रौनियार

भोजराज घिमिरे आइतबार, साउन १२, २०८२

विराटनगरवासीलाई शुद्ध र पर्याप्त खानेपानी उपलब्ध गराउन परियोजना सञ्चालन गरिएको हो : प्रमुख सन्तोष रौनियारविराटनगर खानेपानी संस्थान, देवकोटा चोकका प्रमुख सन्तोष रौनियारले जापान सरकारको अनुदानमा जाइकाको सहयोगमा सञ्चालन भइरहेको खानेपानी सुधार आयोजनाले विराटनगरको पानी संकट समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो,
“विराटनगर महानगर क्षेत्रमा जनसंख्या तीव्र गतिमा बढ्दै गएको छ। अहिलेको खानेपानी संरचना जनसंख्याको माग पुरा गर्न असमर्थ बन्दै गएको अवस्थामा स्वच्छ, सुरक्षित र पर्याप्त पानी वितरण गर्न आधुनिक प्रविधियुक्त प्रणाली आवश्यक थियो। यही आवश्यकता अनुसार जापान सरकारको अनुदान सहयोगमा यो आयोजना सुरु गरिएको हो।”

उहाँका अनुसार,
“परियोजना सम्पन्न भएपछि दैनिक २ करोड लिटर पानी उत्पादन हुने र सो पानी विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसारको गुणस्तरीय हुनेछ। पानीलाई फिल्टर गरी सिधै उपभोक्ताको धारामा पठाइनेछ, जसले गर्दा पानी उमाल्न वा अन्य तरिकाले शुद्ध गर्नुपर्ने झन्झट हट्नेछ।”

खानेपानी वितरणमा हाल देखिएको समस्यालाई उल्लेख गर्दै प्रमुख रौनियारले थप भन्नुभयो,
“हाल सात स्थानका खानेपानी टंकीहरूबाट वितरण भइरहेको पानीले सबै क्षेत्रमा आवश्यकता अनुसार सेवा दिन सकिरहेको छैन। तर, यो आयोजनाले ठूलो मात्रामा पानी उत्पादन गरी वितरण प्रणालीलाई थप सुदृढ बनाउनेछ।”

उहाँले जानकारी दिनुभयो कि आयोजना सम्पन्न भएपछि महानगरका १६ वटा वडामा नयाँ पाइपलाइन विस्तार हुने र एक लाखभन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्।

उहाँले जनतामा अपेक्षा बढेको उल्लेख गर्दै भन्नुभयो,
“यस परियोजनाबाट विराटनगरवासी दीर्घकालीन रूपमा लाभान्वित हुनेछन्। शुद्ध, सुरक्षित र पर्याप्त पानी वितरण प्रणाली विकास हुनु हाम्रो प्रमुख उद्देश्य हो र यसतर्फ काम तीव्र गतिमा अगाडि बढिरहेको छ।”

अन्त्यमा प्रमुख रौनियारले कामको प्रगति सन्तोषजनक रहेको बताउँदै विश्वास व्यक्त गर्नुभयो,
“हालसम्मको प्रगति हेर्दा आयोजनाको काम तोकिएको समयभित्रै सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु।”

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!