विराटनगर । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे ज्यूको अध्यक्षतामा ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ तथा World Summiter’s Summit 2025 भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम काठमाडौको एक होटलमा आयोजना गरिएको थियो, जसमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलज्यू लगायतका विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।
उक्त अवसरमा सगरमाथा दिवसको सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै हिमाल आरोहण क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ। कोशी प्रदेश सरकारका तर्फबाट ५ जना हिमाल आरोहण सहयोगी, ५ जना उद्दारकर्ता तथा सन् २०२५ को स्प्रिङ सिजनमा सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने एक जना युवालाई विशेष पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रमले पर्वतीय पर्यटनको संरक्षण र प्रवर्द्धनमा सहकार्य र सम्मानको भावना अभिवृद्धि गरेको आयोजकको विश्वास छ।