अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण

डुमरलाल मेहता शनिबार, जेठ ११, २०८२

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता, स्वतन्त्रता र गरिमाको अनुभूति गराउने उद्देश्यका साथ बर्जु गाउँपालिकाले करिब १०० जना नागरिकहरूलाई सहायता सामग्री वितरण गरेको छ। ह्वीलचेयर, वाकर, ट्राइपड स्टिक, क्वाड स्टिक, र छडीजस्ता सहायक उपकरणहरू वितरण गरिएको कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

शुक्रबार बर्जु गाउँपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा संघीय सांसद माननीय भगवती चौधरी प्रमुख अतिथि रहनुभएको थियो। उहाँसँगै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सुमित्रा चौधरी, गाउँपालिका अध्यक्ष जिवछ राय, उपाध्यक्ष नितु चौधरी, वडा नं. १ का अध्यक्ष दिलकुमार गुरुङलगायत सयौं स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य दिंदै माननीय भगवती चौधरीले समावेशी समाज निर्माणको आवश्यकता र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति प्रतिबद्धताको सन्देश दिनुभयो। उहाँले भन्नुभयो, “सहायता सामग्रीहरू केवल भौतिक सामग्री होइनन्, यी अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान र स्वतन्त्र जीवनतर्फको यात्रा हुन्। समावेशी विकास बिना समृद्धि अधूरो हुन्छ।”
कार्यक्रमले समाजमा सामाजिक न्याय र समावेशीताको सन्देश प्रवाह गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवहारिक रूपमा सहयोग पुर्याउने ठोस कदमका रूपमा चर्चा पाएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!