रामसीता विद्यालयका जग्गादाता सीतारामको सालिक अनावरण

डुमरलाल मेहता मंगलबार, जेठ ०७, २०८२

विराटनगर । श्री रामसीता माध्यमिक विद्यालय, बर्जु गाउँपालिका–२ मा सोमबार एक विशेष समारोहका बीच विद्यालयका जग्गादाता स्वर्गीय सीताराम राय कुर्मीको सालिक अनावरण गरिएको छ।

स्व. कुर्मीले विद्यालयलाई १८ कठ्ठा जग्गा दान गरेका थिए। उक्त जग्गाको मूल्य करोडौं रुपैयाँ बराबर रहेको जनाइएको छ। विद्यालयका लागि यति ठूलो योगदान दिएकोमा स्व. कुर्मीप्रति गहिरो सम्मान प्रकट गर्दै उनको सम्झनामा सालिक निर्माण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ रायले स्व. कुर्मीले शिक्षाको महत्त्व बुझेर गरेको योगदान प्रशंसनीय रहेको बताए। उनले भने, “शिक्षा नै समृद्धिको आधार हो भन्ने दृष्टिकोणले स्व. कुर्मीले विद्यालयका लागि जग्गा दान गर्नु भएको हो, जसले यहाँका बालबालिकालाई उज्यालो भविष्यको बाटो देखाएको छ।”

कार्यक्रममा संस्थापक सदस्य राम प्रसाद तिवारी, पूर्व गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, वडा नम्बर २ का अध्यक्ष महेन्द्र कामत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद यादव तथा विद्यालयका प्रधानाध्यापक सूर्य नारायण मेहतालगायतले स्व. कुर्मीको योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयको शैक्षिक स्तर उकास्न निरन्तर प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।

हाल विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ। वक्ताहरूले आगामी दिनमा विद्यालयलाई स्नातक तहसम्म विस्तार गर्न आवश्यक पहल गरिने धारणा व्यक्त गरे।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा सयौं स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!